१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

चीनसँग व्यापारिक सूचना आदान प्रदान गर्ने समझदारी

आपूर्तिमन्त्रीदीपकबोहोरा र चीनकाउद्योग र वाणिज्य राज्यप्रशासनमन्त्रीझाङमाओ व्यापार अभिवृद्धि रउपभोक्ताअधिकार संरक्षण सम्बन्धी समझदारीपत्रआदानप्रदानगर्दै ।

काठमाडौ-नेपालीबजारमा बिक्री हुने चिनियाँ सामानको मूल्यमा यहाँका उपभोक्तालाई ठगिनबाट रोक्न सरकारले नीतिगत रुपमा पहल गरेको छ । चीनमा उत्पादितव स्तुको मूल्य, उत्पादन, व्यापारिक विषयमा जानकारी लिई बजार अनुगमन गर्न औपचारिक रुपमा सूचना आदानप्रदान गर्न दुई देशबीच एक समझदारी भएको छ ।

व्यापार अभिवृद्धि गर्न रउपभोक्ताअधिकार संरक्षण गर्न भन्दै आपूर्तिमन्त्री दीपक बोहरा र चीनका उद्योग र वाणिज्य राज्य प्रशासनमन्त्री झाङमा ओले बुधबार समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । चीनबाट धेरै सामान आएपनि उत्पादनलागत, बजार मूल्यको विषयमा जानकारी लिई बजारलाई ट्र्याकमा राख्न यो समझदारी गरेको आपूर्ति मन्त्री बोहराले बताए । ‘चीनबाट सामान आएपनि अहिलेसम्म के कति पैसामा आयो भन्ने चाहेर पनि सरकारी संयन्त्रले थाहा पाउँदैनथ्यो,’ मन्त्रीबोहोराले भने, ‘स्वस्थ बजा रनिर्माण गर्दै व्यापार अभिवृद्धि गर्न दुई देशबीच समझादारी गरेका छौं ।’

दुई देशबीचभएको उपभोक्ताहित संरक्षण समझदारीले बजार अनुगमन गरी नियन्त्रण राख्नसमेत टेवापुग्ने विश्वास गरिएको छ ।विगतमा अनौपचारिक रुपमा व्यापारिक सूचना आदानप्रदान हुँदै आएभएपनि अब नाफाको अन्तर, व्यापार, वाणिज्य लगायत विषयमा हुने नयाँ अभ्यासबारे समेत दुई देशले सूचना आदान प्रदान गर्नेछन् ।

यो समझदारी नेपालमा उपभोक्ताहित संरक्षण र व्यापार सम्बन्ध सुदृढ गर्न कोशेढुंगा साबित हुने मन्त्री बोहराले बताए । ‘यसले दुई देशबीच व्यापार लगानीका क्षेत्रमा सघनता ल्याउने छ,’ उनले भने ।

चिनियाँ मन्त्रीसँगको भेटमा बोहराले रेलमार्ग निर्माण र इन्धन सम्झौताका लागि पनि प्रस्ताव गरेको मन्त्रालयले जनाएको छ ।  सो अवसरमा मन्त्री बोहराले नेपालका तत्कालीन प्रधानमन्त्री केपी ओली चीन भ्रमणमा भएका सम्झौताको पूर्ण कार्यान्वयनमा नेपाल प्रतिबद्ध रहेको बताएका थिए ।

समझदारी पत्र हस्ताक्षर कार्यक्रममा चीनका मन्त्री झाङले समेत दुई देशबीच भएको समझदारीले परम्परागत रुपमाभएको नेपालचीनको व्यापार तथा वाणिज्य क्षेत्रलाई थप टेवा पुग्ने बताए । ‘उपभोक्ताहित सम्बन्धी समझदारीले दुई देशका जनताबीच सम्बन्ध विस्तारमा सहयोग पुग्नेछ,’ झाङले भने ।
आर्थिक विकासमा सघाउन आग्रह

यसैबीच, उद्योगमन्त्री नवीन्द्रराज जोशीले नेपालको आर्थिक विकासमा सघाउन चिनियाँ मन्त्रीझाङलाई आग्रह गरेका छन् । बुधबार उद्योग मन्त्रालयमा भएको द्विपक्षीय भेटवार्तामा मन्त्री जोशीले संविधान निर्माणपछि मुलुक आर्थिक समृद्धितर्फ गएको भन्दै नेपालमा लगानीको वातारण तयार भएको बताएका थिए।

‘विशेष आर्थिक क्षेत्रको पूर्वाधार निर्माणमा चिनियाँ सहयोगको अपेक्षा गरेका छौं,’ मन्त्रीजोशीले भने, ‘लगानी संरक्षण गर्न कानुनीरुपमै व्यवस्था गरेका छौं ।’ जोशीले विशेष आर्थिक क्षेत्र (सेज) सम्बन्धी ऐन, औद्योगिक व्यवसाय प्रवद्र्धन सम्बन्धी ऐन संसदबाट पारित गरीकार्यान्वयनमा ल्याउने चरणमा रहेको बताएका थिए ।

चिनियाँ मन्त्री झाङले नेपालमा लगानीगर्न चिनियाँ लगानीकर्ता इच्छुक रहेको भन्दै लगानी संरक्षण सुनिश्चिताका विषयमा जिज्ञासा राखेको मन्त्रालयले जनाएको छ । मन्त्रीझाङले औद्योगिक क्षेत्रमा चीनले हासिल गरेको विज्ञतालाई नेपाले उपयोग गर्न सक्ने बताएका थिए ।

प्रकाशित: ४ कार्तिक २०७३ ०५:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App