४ वैशाख २०८१ मंगलबार
समाज

चितवन निकुञ्जभित्र होटल खोल्ने तयारीको विरोध

चितवन–वन मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र होटल सञ्चालनको तयारी सुरु गरेको समाचार सार्वजनिक भएपछि संरक्षणका क्षेत्रमा क्रियाशिल चितवनका विभिन्न व्यक्तित्वहरुले आपत्ति जनाएका छन्। वन मन्त्रालयमा बुधबार भएको पत्रकार सम्मेलनमा वनमन्त्री शंकर भण्डारीले निकुञ्जभित्र होटल खोल्ने तयारी गरेको जानकारी बिहीबारका पत्रपत्रिकामा प्रकाशित भएको थियो ।

जैविक विविधता सरोकार समाजमा आवद्ध चितवनका संरक्षणकर्मीहरुले बिहीबार जारी गरेको प्रेश विज्ञप्तिमा निकुञ्जभित्र होटल सञ्चालनको विषय सर्वोच्च अदालतमा समेत पुगेको र २०६९ असारपछि निकुञ्जभित्र होटल चलाउने नीति नरहेको जवाफ सरकारले सर्वोच्चलाई दिएको उल्लेख छ । यस्तो अवस्थामा फेरि होटल सञ्चालनको सुरुवातमा लाग्नु दुखद भएको संरक्षणकर्मीहरुले बताएका छन् ।

निकुञ्जभित्रका होटल बन्द हुँदा चितवनको पर्यटन क्षेत्रमा कुनै नकारात्मक प्रभाव नपरेको र संरक्षणमा गुणत्मक प्रभाव परेको हुँदा होटल खोल्ने सोच नराख्न सरकारसँग माग गरिएको छ । निकुञ्ज स्थापनाको मुख्य उद्देश्य दुर्लभ वन्यजन्तुको संरक्षण भएको हुँदा संरक्षणमा असर पर्ने भएका कारण भित्र होटल खोल्नु उपयुक्त नहुने समाजको धारणा रहेको छ ।

पर्यटनलाई प्रथामिकता दिएर निकुञ्जभित्र होटल खोल्दा स्थानीयसँग द्वन्द्व बढ्ने अवस्था निम्तने समाजले बताएको छ। ‘निकुञ्जभित्रका स्रोत उपयोगमा स्थानीयलाई बन्देज लगाइएको छ । भित्रै होटल खोल्दा स्थानीयबीच द्वन्द्व बढ्छ’, विज्ञप्तिमा उल्लेख छ ।

 

प्रकाशित: ४ कार्तिक २०७३ ०९:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App