coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

लोकमान प्रकरण : मन्त्रिपरिषद् बैठक अन्योलमा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध बुधबार संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपनि त्यसको असर मन्त्रिपरिषद बैठकमा परेको छ। बिहीबार बिहान ११ बजे बस्ने तय भएको बैठक बिहीबार नै चार बजेसम्मका लागि सारिएको थियो। तर अन्तिम अवस्थामा पुन मन्त्रिपरिषद बैठक स्थगित भएको छ। मन्त्रिपरिषद्  स्रोतका अनुसार संसदमा लोकमानसिंह कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्तापछि सरकारमा सहभागी दल धारणा बनाउन बैठकमा व्यस्त भएका कारण मन्त्रिपरिषद् बैठक बस्न नसकेको हो। 

सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्रको बिहीबार बिहान बसेको हेडक्वाटर बैठकमा प्रधानमन्त्री पुष्कमल दाहाल मन्त्रिपरिषद बैठकमा जानुपर्ने भन्दै हतार हतारमा निस्किएका थिए। नौ बजे बसेको हेडक्वाटर बैठकमा पार्टी अध्यक्षसमेत रहेका दाहालले संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव आफ्नो गोवा भ्रमणका विषयमा सामान्य ब्रिफिङ गरेका थिए। दाहालले समसामयिक विषयमा बिफ्रिङ गरेपछि 'मन्त्रिपरिषद् बैठकमा जानुछ' भन्दै बाहिरिएका थिए।

दाहाल निजी निवास लाजिम्पाटबाट प्रधानमन्त्री निवास बालुवाटार पुगेपछि ११ बजे बस्ने भनिएको मन्त्रिपरिषद् बैठक चार बजेका लागि सारिएको थियो।  तर चार बजेपनि बैठक बस्न नसक्ने भन्दै मन्त्रिपरिषद बैठक स्थगित भएको स्रोतले जनायो।

मन्त्रिपरिषदको अर्को बैठकको मिति तय नभएको स्रोतको भनाइ छ। ‘संसदमा दर्ता महाअभियोग प्रस्तावका विषयमा सरकारमा सहभागी दल छलफलमा भएका कारण आज बैठक बस्न सकेन,’ मन्त्रिपरिषद स्रोतले भन्यो, ‘अर्को बैठकको मिति तय भएको छैन।’ सत्ता सहयात्री नेपाली कांग्रेसको बिहीबारदेखि केन्द्रीय कार्यसमिति बैठक चलिरहेको छ। आजै बस्ने भनिएको संसद बैठक पनि आइतबार बिहान ११ बजेसम्मकालागि स्थगित भएको छ।

प्रकाशित: ४ कार्तिक २०७३ ०९:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App