५ वैशाख २०८१ बुधबार
खेल

इन्टरनेसनल ब्याडमिन्टनको मिक्स डबल्समा दिदीभाइ फाइनलमा

काठमाडौं- पाकिस्तानको इस्लामाबादमा जारी योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजको मिक्स डबल्समा भाइ रत्नजित तामाङ र दिदी नङ्शल तामाङको जोडी आज फाइनलमा प्रवेश गरेको छ। सत्ताइस मिनेटसम्म चलेको सेमिफाइनलमा रत्न र नङशलको जोडीले पाकिस्तानका रिज्वान अजाम र सरा मोहम्मदको जोडीलाई १६ का बिरुद्ध २१ र १२ का बिरुद्ध २१ अङ्कले सोझो सेटमा पराजित गरियो।

फाइनलमा खेलमा रत्न र नङ्शलको भेट पाकिस्तानका मोहम्मद इर्फान सइद भट्टी र मेहमोना अमिनसँग हुने नेपाल ब्याडमिन्टन सङ्घका महासचिव वीरेन्द्र श्रेष्ठले जानकारी दिए। फाइनल खेल शुक्रबार हुनेछ। महिला सिङ्गल्समा भने नङ्शलको यात्रा सेमिफाइनलमै पूर्णविराम लाग्यो। नङशल पाकिस्तानकी पल्वाशा बसिरसंग २१ विरुद्ध १६ र १२ का बिरुद्ध २१ अङ्कले पराजित भइन्।

बाबु छोरा सेमिफाइनलमा

बाबु हीराबहादुर थापा र छोरा अमृत थापा मगर चौथो सिभिल बैंक खुला स्क्वास प्रतियोगिताको पुरुष सिंगल्समा आज सेमिफाइनलमा प्रवेश गरेका छन्। उनीहरुसँगै प्रवीणवीरसिंह कङ्साकार र डिफेन्डिङ च्याम्पियन अरहान्तकेशर सिंह पनि सेमिफाइनलमा पुगे।

हीराले सुजन ज्वारचनलाई ५–११, ११–२, ११–४ र ११–७, अमृतले कुमार पुनलाई ११–६, ११–९ र ११–९, प्रवीणले अमिर ब्लोनलाई ११–४, ११–४ र ११–८ तथा अरहान्तले याम रानालाई ११–३, ११–५ र ११–७ को सेटमा पराजित गरे। सेमिफाइनलमा हीराको भेट अरहान्तसँग हुनेछ भने प्रवीणले अमृतसँग सामना गर्नेछन्।

विश्व स्क्वास दिवसका अवसरमा नेपाल स्क्वास र्याकेट्स संघद्वारा आयोजित प्रतियोगिताको भेट्रान ५० वर्षमाथि पुरुष सिंगल्समा याम राना र महेन्द्र महर्जन सेमिफाइनलमा पुगे। यामले विनोदध्वज खड्कालाई ११–३, ११–८ र ११–७ को सोझो सेटमा हराउदै लालबहादुर गुरुङसंग सेमिफाइनलमा भेट पक्का गरे। महेन्द्रले सुमन तुलाधरको चुनौती ११–३, ११–२ र ११–६ को सीधा सेटमा समाप्त पारे। महेन्द्रले साविक विजेता सुदीपबहादुर सिंहविरुद्ध खेल्नेछन्। रासस  

प्रकाशित: ४ कार्तिक २०७३ १३:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App