८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

अन्तिम बहसमा कसको पल्ला भारी?

वासिङटन- डोनाल्ड ट्रम्प र हिलारी क्लिन्टनबीचको तेस्रो प्रत्यक्ष बहस बुधबार राति सम्पन्न भएको छ। तर यो बहस हिलारीका लागि भन्दा पनि ट्रम्पका लागि महत्वपूर्ण थियो किनकी सर्वेक्षणमा ट्रम्प लगातार हिलारीभन्दा पछाडि थिए र यो मात्र अन्तिम मौका थियो जसलाई उपयोग गरेर उनले जनताबीच आफ्नो पल्ला भारी बनाउन सक्थे। तर विश्लेषकहरुको टिप्पणी अनुसार ट्रम्प फेरि हिलारीभन्दा सम्पूर्ण मुद्दामा पछाडि रहे।

उम्मेदवारी दिनासाथ ट्रम्पले आप्रवासी मामिलालाई अमेरिकाको मुख्य समस्याको रुपमा अर्थ्याउँदै हरेक सम्बोधन, भाषणमा वर्तमान आप्रवासी नीतिको तीव्र आलोचना गर्दै यसमा आमूल परिवर्तन ल्याउनु पर्ने बताउँदै आएका थिए। यो क्रममा उनले मुस्लिमलाई अमेरिका प्रवेशमा नै रोक लगाउनु पर्ने समेत बताएका थिए। अन्तिम बहसमा ट्रम्पले यो सबै कुराको तार्किक जवाफ दिन सक्थे त्यसो हुन सकेन। आप्रवासी मामिलामा ट्रम्पको सम्बोधन निकै आक्रामक थियो जुन श्रोता वा दर्शकले नरुचाएको बताइएको छ।

अघिल्ला बहसमा झैं अन्तिम बहसमा पनि ट्रम्प मोडरेटरसँग झगडा गर्ने र हरेक पटक क्लिन्टनलाई गाली गर्नमै व्यस्त रहे। उनले प्रत्यक्ष बहसको समय आफ्ना कुरा स्पष्ट रुपमा राख्न भन्दा दुश्मनलाई गाली गर्नमा खर्चिए।

अझ उनले मेक्सिकोसँगको सीमाक्षेत्रको दुईहजार माइलभन्दा बढी अमेरिकी भूमिमा बलियो पर्खाल निर्माण गर्ने रिपब्लिकन पार्टीको योजनालाई जोडदार रुपमा उठाए। दर्शकले ट्रम्पको यस्तो अभिव्यक्ति अतिशयोत्तिः भनेर खारेज गरिदिए। 

 अन्य देशबाट अमेरिका बसाईसराई गर्नेहरुलाई निरुत्साहित गरिने र अमेरिका आफैंले पनि आप्रवासी आमन्त्रण नगर्ने भन्दै ट्रम्पले यस्ता मामिलामा कुनै पनि सम्झौता नगरिने बताएका थिए। तर क्लिन्टन आप्रवासी नीतिका सम्वन्धमा सुरुवाती दिनमा सकभर मौन बसिन्। तर अन्तिममा बहसमा भने सीमा सुरक्षालाई चुस्त बनाइने, बर्षौंदेखि अमेरिकामा बसोबास गर्दै आएका तर कागजपत्र दुरुस्त नभएका आप्रवासीहरुलाई कानुनी मान्यता दिइ आप्रवासी कानूनको शर्त पूरा गर्नेहरुलाई अमेरिकी नागरिकता समेत दिइने बताएर तटस्थता प्रकट गरिन्। आर्थिक मुद्दामा पनि अन्तिम बहसमा ट्रम्पभन्दा हिलारी सन्तुलित देखिइन्। ट्रम्पले बहसका क्रममा आगामी दस वर्षमा थप दुईकरोड पचासलाखजनालाई रोजगारी दिने ग्यारेन्टी गर्ने दाबी गरे तर हिलारीले कुनै समय सीमा नतोकी, आफूले तयार पारेको आर्थिक योजना लागू भएमा एककरोड थप रोजगारीका अवसर उपलब्ध हुने बताइन्।

अघिल्ला बहसमा झैं अन्तिम बहसमा पनि ट्रम्प मोडरेटरसँग झगडा गर्ने र हरेक पटक क्लिन्टनलाई गाली गर्नमै व्यस्त रहे। उनले प्रत्यक्ष बहसको समय आफ्ना कुरा स्पष्ट रुपमा राख्न भन्दा दुश्मनलाई गाली गर्नमा खर्चिए। उनले आफूमाथि यौन उत्पीडनको आरोप लगाउने महिलाहरु क्लिन्टनको समूहले खडा गरेको भन्दै अमेरिकी समाचार संस्थाले आम मानिसमा विष खोलेको आरोप लगाए।

बहसका दौरान क्लिन्टन इमेल कान्ड, क्लिन्टन फाउन्डेसन तथा विकिलिक्स मुद्दामा रक्षात्मक अवस्थामा थिइन् तर उनले पछि स्थिति नियन्त्रणमा लिइन्।

राष्ट्रपति चुनाव अगाडि भएको अन्तिम प्रत्यक्ष बहसमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले जस्तोसुकै मतपरिणाम आएपनि स्वीकार्ने ग्यारेन्टी दिन अस्वीकार गरेका छन्।

डेमोक्याट्रिक पार्टिकी उम्मेदवार हिलरी क्लिन्टनसंगको बहसका बेला ट्रम्पले चुनाव प्रणाली आफु विरुद्ध रहेको र धाँधली हुने आशंकाका कारण अहिले नै आफुले कुनै ग्यारेन्टी नदिने बताएका थिए।

उनको सो टिप्पणीले आफुलाई चकित पारेको भन्दै क्लिन्टनले अमेरिकी राष्ट्रपतिका उम्मेदवारले त्यस्तो सोच्न सक्ने र त्यस्तो अडान राख्न सक्ने आफुले यसअघि नठानेको बताइन्। ट्रम्पका ती भनाइले अमेरिकी प्रजातन्त्रलाई बदनाम गरेको उनले आरोप लगाइन्।

अमेरिकी राष्ट्रपतिका दुई प्रत्याशीबीच भएको करिब डेढ घण्टा लामो सो बहसमा रुस, आप्रवास, महिला, बन्दूक नियन्त्रण तथा गर्भपतनजस्ता मुद्दामा चर्काचर्की भए। पछिल्ला मतसर्वेक्षणहरुमा क्लिन्टन केही अगाडि देखिएको छ। त्यसैले प्रत्यक्ष बहसले क्लिन्टनलाई थोरै लाभ र ट्रम्पलाई धेरै हानी पुर्‍याउने खालको रह्यो भन्ने निष्कर्ष निकालिएको छ।

प्रकाशित: ५ कार्तिक २०७३ ०३:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App