६ वैशाख २०८१ बिहीबार
अन्य

गगनमा नजर

काठमाडौं–स्वास्थ्यमन्त्रीको पदभार ग्रहण गर्दाको क्षण कांग्रेस युवा नेता गगन थापाले भनेका थिए– ‘म माथिको विश्वास सिंगो पुस्ताप्रतिकै विश्वास हो, म यो विश्वास गुम्न दिन्न।’

ठूलो पंक्ति उनी मन्त्री भएपछि केही न केही उल्लेख्य काम हुने आशा साँचेर बसेको छ।

थापा स्वयंले दोहोर्याएर प्रतिबद्धता जनाउँदै आएको अर्को सवाल छ– डा. गोबिन्द केसीका मागहरुको सम्बोधन।

मन्त्री थापा भन्छन्– ‘डा. केसीका माग जायज छन्, म ति माग पूरा गर्ने आँट र दायित्व बोकेर मन्त्री बनेको हुँ।’

त्यसो भए डा. केसीका माग सम्बोधन गर्न के प्रगति भैरहेको छ त? मन्त्री थापाबाट आवधिक प्रगति समीक्षा सुन्ने व्यग्रता व्याप्त छ।

डा. केसीका माग सम्बोधन गर्ने विषय धेरैका लागि फलामको च्युरा चपाउनु सरह बन्यो। केसीका माग पूरा गर्न मन्त्री नहुँदै नेता थापाले देखाएको दृढ समर्थन र पहल सम्झनायोग्य छ। उनै नेता आज माग सुनुवाई गर्ने ठाउँमा पुगेपछि अब बाधा कहाँ रह्यो? मन्त्री गगन थापाका लागि सबैभन्दा बिझाउने प्रश्न यही नै हो। यतिबेला उनीमाथि धेरैका नजर गढेको छ– के गर्दैछन् गगन?

प्रस्तुत छ स्वास्थ्यमन्त्री गगन थापासँगको संवादः

 

प्रकाशित: ५ कार्तिक २०७३ ०९:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App