१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

मन लोभ्याउने पाँचथर पौवाभञ्ज्याङका दृश्य

पाँचथर-समुद्र सतह देखि ८ हजार २ सय फिट उचाइमा रहेको पौवाभञ्याङबाट बिहानी समयमा चादीँझै टल्किएको हिमाल छर्लङ देखिन्थ्यो।

कुम्र्भकर्ण, कञ्चजंघा हिमाल एकातर्फ खुलेका थिए भने अर्कोतर्फ मकालु, सगरमाथा लगायतका हिमाल देखिन्थे। मेची राजमार्गमा यात्रा गर्ने कोहि गाडी रोकेर, कोहि गाडीको झ्यालबाट हिमाल च्याउँदै हिडेको देखिन्थ्यो। हिउँदको झल्को दिँदै मौसम खुलेपछि फराकिलो क्षितिज निलाम्मे देखिन्थ्यो।

‘यहाँबाट गजब हिमाल देखिन्छ। डाँडाकाँडा उस्तै सुन्दर। पूर्वी पहाड साँच्चै आर्कषक छ’ बिहानीको सौन्दर्यताको वयान गर्दै साहित्यकार उपेन्द्र सुब्बाले भने ‘मन निकै आनन्दित भयो।’

दसैंसम्म परेको झरी रोकिएसँगै मौसम खुलेको छ। मौसम खुलेसँगै पहाडका डाँडा, वस्ती निकै सुन्दर देखिन्छन्। क्षितिजमा विभिन्न आकार ग्रहण गरेर बसेका बादल झनै चित्ताकर्षक देखिन्छन्।

बिहानीको समयमा पौवाभञ्याङसँगै रहेका सिलौटी, लोब्रेकुटि, सुकेपोखरी मौसमसँग खुलेका थिए। निलो आकाशसँग हरिया वनस्पतीको तादम्यता लोभलाग्दो देखिन्थ्यो। मौसम आर्कषक रहेकाले सांसद आइन्द्र सुन्दर नेम्वाङ निकै आनन्द मान्दै थिए। ‘जति हेर्यो उति आँखालाई आनन्द मिल्ने, मन रमाउने।’ उनले प्रतिकृया दिए।

मिक्लाजुङ, जरिवुटेबाट सुर्योदय हेर्ने सिजन सुरु भएको छ। फूलहरु फुलेका छन्। बोटहरु हरिया छन्। झरी रोकिएपछि ग्रामीण यातायात सहज हुदैँ गएको छ।  

हेरौं पाँचथरको पौवाभञ्याङ, सिलौटिबाट देखिएका दृष्यः सवै तस्बिरः गिरिराज बाँस्कोटा/नागरिक

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App