७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

रसियन हेलिकप्टर दुर्घटना, १९ जनाको मृत्यु

मस्को– रसियाको एक हेलिकप्टर दुर्घटना हुदाँ १९ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले बतएका छन्।

रसियाको सरकारले तेल तथा ग्यास क्षेत्रका कर्मचारी बोकेको एमआई –८ हेलिकप्टर सर्भियाको एक ग्रामीण भेगमा शुक्रबार दुर्घटनामा हुदाँ १९ जनाको मृत्यु भएको  र अन्य तीन जना घाइते भएको बताएको छ। घाइते तीन जनाको हाल उपचार भैरहेको र उनीहरु खतरा मुक्त रहेको बताइएको छ। सो हेलिकप्टरमा १९ यात्रु तथा ३ जना हेलिकप्टरका कर्मचारी रहेको बताइएको छ ।

रसियाको सरकारले प्रारम्भिक अनुसन्धानबाट  खराब मौसम र कमजोर  भिजिबिलिटी दुर्घटनाको प्रमुख कारण रहेको देखिएको र यसबारे थप अनुसन्धान भैरहेको बताएको छ।
 

प्रकाशित: ६ कार्तिक २०७३ १०:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App