१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

तिहारलाई ५० लाखको माला आयात हुँदै

ऋषि खतिवडा/शिवहरि घिमिरे

ललितपुर- स्वदेशी उत्पादनले धान्न नसकेका कारण विगतमा झैं यो वर्ष पनि तिहारको लागि ५० लाख रुपैयाँ बराबरको २ लाख थान माला आयात हुने भएको छ। फूलको माग बढे पनि स्वदेशी उत्पादनको मात्रा बढ्न नसक्दा उक्त परिणामको माला आयात गर्नुपरेको हो।

गत वर्ष नाकाबन्दीका कारण फूलआयात घट्दा बजारमा अभाव देखिएको थियो। यो वर्ष त्यस्तो अभाव हुन नदिन भारत लगायत तेस्रो मुलुकबाट माला आयत गर्न पुष्प व्यवसायीलागिपरेका छन्।नेपालमा हरेक वर्ष १५ देखि २० प्रतिशतका दरलेफूलको माग बढ्दै गएको तथ्यांक छ। उत्पादन क्षमता गुणात्मक वृद्धि भए अन्य देशको भर पर्नु नपर्ने व्यवसायी बताउँछन्।

'यस वर्ष तिहारलाई ११ लाख माला माग छ,' फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का सचिव विश्वमणि पोख्रेलले भने,'जसमा ९ लाख माला स्वदेशमै उत्पादन भएका छन्। २ लाख मात्रै भारतबाट आयात गर्न लागिएको हो।' उनले भारतबाट आयत गरिने माला सयपत्रीको मात्रै रहेको बताए।

'मखमलीको मालामा पूर्ण आत्मनिर्भर छौं,तिहारमा मात्रै मखमलीको प्रयोग अत्यधिक हुने गरेको छ,' महासचिव पोखे्रलले थपे।

उन्नत जातको बीउबिजन, तालिम, अनुुदानका साथै नयाँ प्रविधि भिœयाउन सके लाखौं रुपौयाँ जोगिने एसोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठ बताउँछन्। उनी भन्छन्, 'नेपालमा फूलको माग धान्न गुणात्मक रुपमै उत्पादन वृद्धिगरिनुपर्छ। तिहारलाई अहिलेको उत्पादनले धान्दैन।'

उपत्यकामा ६ लाख माला र उपत्यकाबाहिर५ लाख माला खपत हुने उनले बताए। यसपालि बजारमासयपत्रीको माला५० देखिसय रुपैयाँसम्म पर्ने एसोसिएसनका अध्यक्ष कसजुले जानकारी दिए।

त्यसो त भारतबाट सयपत्री फूल बाहै्र महिना आयात हुन्छ। नेपालमा बाह्रै महिना सयपत्री फूल उत्पादन गर्नप्रविधि र किसानलाई आवश्यक परामर्श दिन नसक्दा तिहार बाहेकको समयमा पनि भारतबाट आयात गर्नुपरेको हो। स्वदेशमै फूल उत्पादन बढाउन सके त्यसको लागत पनि स्वतः घटाउन सकिने अध्यक्ष कसजुले बताए।

विषादी प्रयोग गर्न व्यवसायी व्यापारीको भर पर्नुपरेको भन्दै उनले थपे, 'व्यापारीले जस्तो दियो किसानले त्यही प्रयोग गर्छन्।' यसरी पुष्प व्यवसाय प्रयोगशाला बनिरहेको कसजुले गुनासो गरे।

नेपाली उत्पादनले बजारमागधान्न नसक्दा भारतबाट आयात गर्नुपरेको बताउँछन् एसोसिएसनका सदस्य तथा पुष्प व्यवसायी सीताराम पन्त। उनी भन्छन्, 'तिहारमा सबैभन्दा बढी सयपत्री फूल बिक्छ। स्वदेशी उत्पादनले धान्न नसक्दा भारतबाट आयात गर्नुपरेको हो।'

तिहारको लागि ८ लाख सयपत्री र ३ लाख गोदावरी माला आवश्यक पर्ने अुनमान छ। तिहारबाहेक अन्य समय साजसज्जा, पूजाआजा, अतिथि सत्कार लगायत काममा दैनिक १२ हजार माला खपत हुने गरेको पुष्प व्यवसायी बताउँछन्।

तिहारमा मालाको लागि काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, नुवाकोट, चितवन, काभ्रे, मकवानपुर लगायत जिल्लामा उत्पादित फूलका माला उपत्यका ल्याइन्छ।

सयपत्री फूल विदेशबाट आयात गर्नुपर्ने अवस्था भएपनि मखमलीको भने हरेक वर्ष ५० हजारभन्दा बढी माला जापान, अमेरिका, अस्टे्रलिया लगायत देशमा निर्यात हुने गरेको छ।

घर, अँागन, बगैंचा, पार्क, स्कुल, निजी कार्यालय फूलले सजाउने क्रम बढ्दो छ। मौसमी फूलका बिरुवा र घरभित्रका सजावटका विरुवाको बिक्री पनि उल्लेख्यवृद्धि हुँदै गएकाले बजारमा यसको माग बढ्न थालेको हो।

यसैबीच,नजिकिँदै गरेको तिहार र छठलाई मध्यजनर गर्दै एसोसिएसनले १० देखि १२ गतेसम्म ललितपुरको जावलाखेलमा १०औं गोदावरी फूलको प्रतियोगितत्मक प्रदर्शनी गर्ने भएको छ।

प्रकाशित: ७ कार्तिक २०७३ ०४:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App