७ वैशाख २०८१ शुक्रबार
कला

स्टेजमा नाँच्दा नाच्दै मराठी नायिका अश्विनीको निधन

नयाँ दिल्ली–मराठी नायिका अश्विनी इकबोटेको एक कार्यक्रममा नाच्दा नाच्दै निधन भएको भारतीय संचार माध्यमले जनाएका छन्। अश्विनीको पुणेमा आयोजित एक कार्यक्रमका दौरान निधन भएको बताइएको छ। संचार माध्यमले भनेका छन्, ‘अश्विनी शनिबार पुनेको भारत नाट्यम् मन्दिरमा  आयोजित एक कार्यक्रममा भारत नाट्यम् प्रस्तुत गर्दा गर्दै स्टेजमा नै लडेकी थिइन्, उनलाई लगत्तै स्थानीय एक अस्पतालमा लगिए पनि त्यहाँका चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।’

४४ वर्षीया नायिका अश्विनीको निधन  हृदयघात भएको बताएको संचारमाध्यमले उल्लेख गरेका छन्। अश्विनी क्लासिक नृत्यमा निकै प्रख्यात थिइन् ।

 

प्रकाशित: ७ कार्तिक २०७३ ०५:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App