१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हिन्दु मतादाता आकर्षित गर्दै ट्रम्प

वासिंटन–तेस्रो तथा अन्तिम टेलिभिजन बहरमा प्रतिद्वन्द्वी हिलारी क्लिन्टनसँग कडा टक्कर दिन नसकेका डोलान्ड ट्रम्पले निर्वाचनमा आफ्नो जित सुनिश्चित गर्न ‘हिन्दु कार्ड’ फालेका छन्।  नयाँ मतदाता आफूप्रति आकर्षित गर्न विवादास्पद टिप्पणी गर्ने ट्रम्पले पछिल्लो समय हिन्दुधर्मालम्बीतर्फ आकर्षित हुन थालेका हुन्।

ट्रम्पले आफ्नी छोरी इवांका ट्रम्पलाई अमेरिकामा रहेका हिन्दु मतदातालाई आकर्षित गर्न मैदानमा पठाएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ट्रम्पकी छोरी इवांकाले दिपावलीको अवसरमा भर्जिनियाका हिन्दु मन्दिरमा दिपावली मनाउने भएकी हुन्।

ट्रम्पका परिवारका सदस्य मन्दिर जाने भएको यो पहिलो घटना हुने सञ्चारमाध्यमले उल्लेख गरेका छन्। ३४ वर्षीया इवांका कानुन व्यवाशायी हुनुका साथै बुवाका चुनावी अभियानकी मुख्य सदस्य पनि हुन्। आगामी निर्वाचनका लागि ट्रम्पले हिन्दु कार्डको प्रयोग यसअघि नै गरिसकेका छन्। गत हप्ता रिपब्लिकन हिन्दु परिषदका तर्फबाट आयोजित च्यारिटी कार्यक्रममा ट्रम्पले भाग लिएका थिए।  अमेरिकामा रहेका हिन्दुलाई लक्षित गरी कार्यक्रम गरिएको यो नै पहिलो पटक भएको सञ्चारमाध्यले उल्लेख गरेका छन्।

 

प्रकाशित: ७ कार्तिक २०७३ ०६:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App