coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बिकिनीमा एयरहोस्टेस

एजेन्सी-ठूलठूला एयरलाइन्स कम्पनीले यात्रुहरूलाई आकर्षक स्किम दिने क्रममा भियतनामको एउटा एयरलाइन्स कम्पनीले अन्यलाई उछिनेको छ । यात्रुहरूलाई उडान अवधिभर बिकिनीमा सजिएका एयर होस्टेसले सेवा दिने व्यवस्था एयरलाइन्सले गरेपछि अहिले सो एयरलाइन्स कम्पनीप्रति यात्रु आकर्षित भएका छन् ।

भियतनामको निजी एयरलाइन कम्पनी ‘भियत जेट एयर’ले यात्रुका लागि यस्तो स्किम ल्याएको हो । कम्पनीले यस्तो स्किम ल्याएपछि एयरलाइन्सबाट यात्रा गर्न चाहने यात्रुको भीड लागेको छ । ‘ट्राभल एजेन्सीमा ‘भियत जेट एयरलाइन्स’को टिकट खरिद गर्ने यात्रुको लाम लाग्न थालेको छ । टिकट नपाएर यात्रु फर्किने क्रम बढेको छ,’ समाचारमा भनिएको छ ।

प्रकाशित: ७ कार्तिक २०७३ ०६:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App