वासिंङटन–अमेरिकाको प्रसिद्ध मोवाइल कम्पनी एटि एण्ड टीले टाइम वार्नर किन्ने घोषणा गरेको छ। शनिबार टाइम वार्नर र एटि एण्ड टी को संचालक समितिको बैठकले ७० बिलियन युरोमा टाइम वार्नर किन्ने सहमति भएको हो। तर यो सहमतिको नियमावली बनाएर मात्र अनुमोदन गर्नुपर्ने हुन्छ।
सहमति अनुमोदन भएमा दि वार्नर ब्रोज फिल्म स्टोडियो, समाचार च्यानल सिएनएन र फिल्मी च्यानल दि एचबिओ टिभीकोसमेत एटि एण्ड टी कम्पनीको अधिनमा आउने छ।
एटि एण्ड टी का सिइवो रन्डाल स्टेभसनले भनेका छन्, ‘यो सम्झौता अहिले सम्मकै ठूलो सम्झौला हो र मलाइ लाग्छ यसका लागि नियमावलीमा कुनै बाधा आउँदैन।’
एटि एण्ड टी अमेरिकामा तेस्रो ठूलो केबल टिभी वितरकका रुपमा चिनिन्छ । उसले यो सम्झौता सन् २०१७ को अन्तिम सम्ममा कार्यान्वयन गरिसक्ने बताएको छ।
यस अघि टाइम वार्नरले सन् २०१४ मा ट्वान्टी र्फस्ट सेन्च्युरी फक्स इन्कको ८० बिलियन डलरको प्रस्ताव अस्विकार गरेको थियो।
प्रकाशित: ७ कार्तिक २०७३ ०८:१८ आइतबार