७ वैशाख २०८१ शुक्रबार
प्रविधि

टेलिकमलाई फोर जीको अनुमति, काठमाडौं र पोखराबाट सञ्चालनमा आउने

काठमाडौं– नेपाल टेलिकमले फोर जी सेवा सञ्चालनको अनुमति पाएको छ। फोर जी सेवा सञ्चालका लागि टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणमा पेश गरेको कार्ययोजनाका आधारमा टेलिकमलाई फोर जी सेवा सञ्चालनको अनुमति दिइएको प्राधिकरणका अध्यक्ष दिगम्बर झाले बताए।

फोर जी सेवा सञ्चालनका लागि टेलिकमले दशैंअघि प्राधिकरणमा कार्ययोजना पेश गरेको थियो।

‘टेलिकमले नै प्राधिकरणमा पेश गरेको कार्ययोजनाको आधारमा हामीले अनुमति दिएका छौं,’ झाले भने, ‘अनुमति पाएको दुई महिनाभित्र टेलिकमले सेवा सञ्चालनमा ल्याउनुपर्ने छ।’

हालसम्म नेपाल टेलिकमले १८ सय मेगाहर्ज ब्याण्डमा टू जी र थ्री जी (जीएसएम)सेवा सञ्चालन गर्दै आएको थियो। १८ सय मेगाहर्ज ब्याण्डअन्र्तगत टेलिकमले पाएको १५ सय मेगाहर्जमा अब १० मगाहर्जबाट दु जी र थ्री जी तथा ५ मेगाहर्जबाट फोर जी सेवा सञ्चालन गर्नु पर्ने अध्यक्ष झाले बताए।

टेलिकमको कार्ययोजनाअनुसार काठमाडौं र पोखराको शहरी क्षेत्रबाट पुस महिनादेखि फोर जी सेवा सञ्चालनमा आउने छ।

प्रकाशित: ७ कार्तिक २०७३ ०८:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App