८ वैशाख २०८१ शनिबार
अर्थ

निजीसँग मिलेर निगमको साख गिराउने कार्मचारीलाई कारवाही गर्न निर्देशन

काठमाडौं– अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले हवाई सेवा प्रदायक निजी कम्पनीहरुसँगको मिलेमतोमा नेपाल वायु सेवा निगमको साख गिराउने गतिविधि गर्ने कर्मचारीहरुलाई कारवाही गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ ।

नेपाल वायु सेवा निगमका जहाजहरुको उडान सेवा ढिलो गर्ने, अन्तिम समयमा आएर उडान रद्ध गर्ने जस्ता कार्यले निगमको साख गिर्दै गएको समितिको ठहर छ।

आइतबार बसेको समितिको बैठकले नेपालको प्रत्ययेक एयरपोर्टको सुरक्षा सम्बेदनशीलतालाई ध्यानमा राखेर एक्सरे मेसिन तथा सीसी क्यामेरा जडान गर्न निर्देशन दिएको छ। एयरपोर्टहरुमा वाइफाइ सुविधा राख्न, यात्रु कक्षबाहिर यात्रु पुर्याउने सहयोगिहरु ब्स्ने व्यवस्था गर्न, सररफाइलाई ध्यान दिन पनि समितिको निर्देशन छ ।

सेवालाई चुस्त बनाउन निगमका जहालाई आवश्यक स्पेयर पार्टस् मौज्दात राख्न, निगमको विजनेश प्लान तयार गरी सोही अनुसार फास्ट ट्रयाकबाट अघि बढाउनसमेत निर्देशन दिएको छ।

प्रकाशित: ७ कार्तिक २०७३ १०:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App