coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

'मुद्रा अपचलन समस्या बनिसक्यो'

वीरगन्ज- नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले अर्थतन्त्रका लागि मौद्रिक अपचलन समस्या बन्दै गएकाले यसको नियन्त्रणका निम्ति आफूहरु लागिपरेको बताएका छन्। नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय वीरगन्जले आइतबार आयोजना गरेको औपचारिक वित्तीय कारोबार सम्बन्धी अन्तर्क्रियामा उनले मौद्रिक र वित्तीय स्थायित्वका लागि आर्थिक अपचलन नियन्त्रण हुनुपर्ने बताए।

डेपुटी गभर्नर शिवाकोटीले अनौपचारिक तवरमा हुने वित्तीय कारोबारले अर्थतन्त्रलाई गम्भीर क्षति पुर्‍याउने बताउँदै जर्जर अवस्थामा रहेको अर्थतन्त्र सुधार्न राजनीतिक अस्थिरता समस्या भइरहेको बताए। भूकम्पको रुपमा आएको प्राकृतिक विपत र राजनीतिक आन्दोलनका कारण अर्थतन्त्रमा भारी धक्का पुगेका बेला आर्थिक गतिविधिलाई बढाउन रोजगारी, उत्पादकत्व र विकासका योजना तथा परियोजनाको काम बढाउनुपर्ने औंल्याए। यसमा सरकारको खर्च गर्ने क्षमताको अभिवृद्धिको आवश्यकता रहेको उनले बताए।

'राज्यको खर्च गर्नुपर्ने रकम राष्ट्र बैंकमै थन्किएको छ, सरकारको खर्च गर्ने क्षमतामाथि प्रश्नहरु उठेका छन्,' उनले भने, 'सरकारले रकम खर्च गरेर पनि रोजगारी बढाउन सक्नुपर्छ, विकास निर्माण र योजना परियोजनाका काम अगाडि बढाए मात्र यो सम्भव छ। पछिल्लो समयमा भूकम्प र नाका अवरोधले शिथिल भएको आर्थिक क्षेत्रमा सुधार आएसँगै मूल्यवृद्धि केही हदसम्म नियन्त्रित भए पनि समाधानका उपायतिर केन्द्रित हुनुपर्ने बताए। आर्थिक विकासका लागि उत्पादन क्षेत्रमा लगानी बढाएर स्वदेशमै रोजगारीका अवसर अभिवृद्धि गर्नुपर्नेमा उनको जोड थियो।

राष्ट्र बैंक वीरगन्ज कार्यालयका प्रमुख धनञ्जय शर्माको अध्यक्षतामा भएको कार्यक्रममा उपनिर्देशक प्रदीप भट्टराईले कार्यपत्रमार्फत नेपालमा तुलनात्मक रुपमा अनधिकृत व्यापार र अनौपचारिक वित्तीय कारोबारको जोखिम बढिरहेको औंल्याए। यसबाट वित्तीय अस्थिरता बढ्नुका साथै वैध कारोबारमा नराम्रो असर पारेको उनले बताए।

अनौपचारिक वित्तीय कारोबार नियन्त्रणमा योगदान पुर्‍याएको भन्दै राष्ट्र बैंकले पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठलाईसम्मानित समेत गरेको छ।श्रेष्ठलेवीरगन्जबाट हुन्डी कारोबार सञ्चालन गर्ने आरोपमा करिब एक महिनाअघि ५ जनालाई पक्राउ गरेका थिए। पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले अनधिकृत कारोबार नियन्त्रणका अन्तर–निकाय समन्वयमा जोड दिए।

प्रकाशित: ८ कार्तिक २०७३ ०३:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App