८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

भारतमा ३२ लाख डेबिट कार्ड ‘ह्याक’

 नयाँ दिल्ली–भारतका विभिन्न बैंकबाट वितरण गरिएका करिब ३२ लाख डेबिट कार्ड ‘ह्याक’ भएको भारतीय प्रहरीले जनाएको छ । ह्याक भएको आशंका भएका बैंकहरुले आफ्ना ग्राहकलाई कार्डको व्यक्तिगत पिननम्बर परिवर्तन गर्न  आग्रह गरेका छन् ।

बैंक अधिकारीले हजारौँ कार्डको पिन नम्बर परिवर्तन गर्न आग्रह गरेका छन् भने कैयौँ अन्य कार्डलाई ह्याक भएको आशंकामा ब्लक गरिदिएको बताएका छन् । एटीएम नेटवर्कमा भाइरसको प्रभावका कारण समस्या आएको अधिकारीले बताएका छन् ।

 यसैबीच भारतीय अर्थमन्त्री अरुण जेटलीले डेबिट कार्डमा कसरी यस्तो समस्या आयो भन्ने विषयमा छानबिन सुरु गरिएको बताएका छन् ।  भारतको नेसनल पेमेन्ट कर्पोरेसन (एनसीपीआई)ले ग्राहकबाट कार्डमा समस्या आएको बताएपछि बैंकबाट गरिने खुद्रा भुक्तानी प्रणालीलाई नियन्त्रण गरेको छ ।     संस्थाका अनुसार ग्राहकले आफ्ना कार्डलाई चीन र अमेरिकामा अवैध रूपमा प्रयोग गरेको गुनासो ल्याएपछि एनसीपीआईले सम्पूर्ण बैंकलाई उक्त सूचना प्रवाह गरेको छ  ।

 एनसीपीआईका व्यवस्थापन निर्देशक तथा कार्यकारी प्रमुख अभयप्रसाद होटाले शुक्रबार ग्राहकलाई बैंकका अधिकारीले आवश्यक सावधानी अपनाई सकेको जानकारी दिँदै समस्याको छिट्टै समाधान हुनेमा विश्वस्त तुल्याएका छन् ।     भारतको सबैभन्दा ठूलो वित्तीय संस्था स्टेट बैंक अफ इन्डियाले भने देशभरबाट वितरण भएका करिब दुई करोड कार्डमध्ये छ लाख २० हजार कार्ड असुरक्षित भएको हुनसक्ने बताएको छ ।

 भारतका अर्थ मामिला सचिव शक्तिकान्त दासले कसरी डेबिट कार्ड असुरक्षित बन्न पुगेको भन्ने विषयमा छानबिन सुरु गरिसकिएको बताएका छन् ।

 

प्रकाशित: ८ कार्तिक २०७३ ०५:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App