५ वैशाख २०८१ बुधबार
कला

भारतीय टिभी च्यानल प्रसारणमा रोक

इस्लामावाद–पाकस्तिानले भारतीय सामाग्री प्रसारण हुने सबै टेलिभिजन सामाग्री तथा रेडियो सामाग्री प्रसारणमा प्रतिबन्ध लगाएको छ । पेमरा ( पाकिस्तान इलेक्ट्रोनिक मिडिया नियामक प्राधिकरण)ले दुई हप्ता अघि गरेको निर्णयलाई कार्यान्वयन गर्दै शुक्रबार बेलुकी ३ बजेबाट निर्णय कार्यान्वयनमा आएको बताएको हो ।

निर्णय नमान्ने केवललाई तुरुन्त निलम्बन गरिने पेमराले जनाएको छ । पेमराले भारतीय सामाग्री प्रसारण गरेको पाइएमा प्रसारण कम्पनीको लाइसेन्स बिना नोटिस निलम्बन गर्ने वा खारेज गर्ने जनाएको छ । पाकिस्तान इलेक्ट्रोनिक मिडिया नियामक प्राधिकरणले अघिल्लो मंगलबार यस्तो सूचना जारी गरेको थियो ।

बैठकले गरेको निर्णय अनुसार अध्यक्षलाई यसका लागि सम्पूर्ण शक्ति दिइएको छ । यसरी आदेश अटेरी गरी भारतीय सामाग्री वा च्यानल प्रसारण गर्ने संस्थालाई बिना सूचना अथवा सुनुवाईको मौका सम्म नदिई कम्पनीको लाइसेन्स निलम्बन वा रद्द गर्न सकिनेछ ।

पेमराले अगस्ट ३१ मा नै भारतीय सामाग्री प्रसारणमा पुनर्विचार गर्ने निर्णय गरेको थियो । यसले भारतीय च्यानलप्रति कडा रवैया अपनाउँदै शुक्रबारदेखि सम्पूर्ण सामाग्री प्रसारणमा रोक लगाएको हो । पेमरा अध्यक्षले विज्ञप्ती जारी गर्दै पाकिस्तान र भारतबीच बढ्दो तनावका बीच भारतीय च्यानलमा रोक लगाउनु पर्ने माग गरेको कारण जनताको माग सम्बोधन गर्न यस्तो निर्णय लिएको बताएको थिए ।

पाकिस्तानमा भारतीय धारावाहिक र बलिउड फिल्मका प्रशंसकको जमात ठूलो छ । तर पेमराको यस्तो निर्णयको पाकिस्तानी केवल अपरेटरले भने आलोचना गरेका छन् ।
भारतीय च्यानलको प्रतिबन्धले पाकिस्तानका घरेलु महिलालाई असर परेको बिबिसीले जनाएको छ ।

पाकिस्तानमा पुरुषको अनुमति बिना महिलाहरु निस्कन नमिल्ने र घरमा बस्दा भारतीय धारावाहिक बाहेक अन्य मनोरञ्जनका साधन नभएकाले निर्णयले अरुभन्दा पनि घरेलु महिलालाई असन्तुष्ट बनाएको बताइएको छ । यता भारतले पनि केही दिनअघि भारतीय कलाकारले अभिनय गरेको बलिउड फिल्म हलमा चलाउन नदिने घोषणा गरेको छ । चार राज्यले भारतीय कलाकार फवाद खानको अभिनय रहेको करण जौहर निर्देशित फिल्म ‘ए दिल है मुस्किल’ गोवा, महाराष्ट्र तथा अन्य दुई राज्यका हलमा चलाउन नदिने घोषणा गरेका छन् ।

गत जुलाईमा भारत प्रशासित काश्मिरमा जारी प्रदर्शनपछि भारत र पाकिस्तानको सम्बन्धमा तनाव सिर्जना भएको हो । यसैबीच पछिल्लो महिना उरीको सैन्य शिविरमा १८ जना जवानको हत्या भएसँगै तनाव चरणमा पुगेको थियो । भारतले आक्रमणमा पाकिस्तानले पालेका आतंकवादीको हात रहेको भारतले आरोप लगाएको थियो । चार दिनअघि भारतले पाकिस्तानमा सर्जिकल स्ट्राइक्स गरी दुई पाकिस्तानी सेनाको हत्या गरेको थियो । त्यसयता दुवै देश युद्धोन्मुख रहेको चर्चा हुँदै आएको छ ।

 

प्रकाशित: ८ कार्तिक २०७३ ०५:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App