coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

बंगलादेशमाथि इङल्याण्डको रोमाञ्चक जित

चित्तगोङ –इङल्याण्डले पहिलो टेस्टमा आयोजक बंगलादेशमाथि  २२ रनको रोमाञ्चक जित हात पारेको छ। पहिलो टेस्टको पाँचौ  तथा अन्तिम दिन बंगलादेश जितका लागि ३३ रनको लक्ष्यसहित मैदानमा उत्रिएको थियो।

८ विकेटको क्षतिमा २ सय ५३ रन बाट दिनको खेल सुरु गरेको बंगलादेशले मात्र १० रन बनाउँदै आफ्नो बाँकी रहेको २ विकेट गुमाउँदा २२ रनले पराजित हुन पुगेको हो। बंगलादेशमाथि रोमाञ्चक जित दिलाउने क्रममा इङल्याण्डका बेन स्टोक एकै ओभरमा २ विकेट लिएका थिए। उनले उक्त ओभरमा बंगलादेशका  तैजुल इस्लाम र सैफअुल इस्लमालाई एलभिडब्लुको शिकार बनाएका थिए ।

यस अघि इङल्याण्डले पहिलो पारीमा २ सय ९३ बनाएको बनाउँदा बंगलाशदेश २ सय ४८ रनमा सीमित हुँदा ४५ रनको अग्रता लिएको थियो । दोस्रो पारीमा इङल्याण्डले २ सय  ४० रन जोड्दै बंगलादेश सामु जितकालागि २ सय ८६ रनको लक्ष्य दिएको थियो। बंगलादेशका सब्बिर रहेमान ६४ रनमा अविजित रहे। इङलयाण्डका  ब्याटीले ३ विकेट लिँदा बेन स्ट्रोक र मोइन अलिले समन २ ÷२ विकेट दिए।

 

प्रकाशित: ८ कार्तिक २०७३ ०५:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App