८ वैशाख २०८१ शनिबार
प्रवास

जनसम्पर्क समिति युएईले गर्‍यो शुभकामना आदानप्रदान

युएई -  नेपाली कांग्रेसको प्रवासी भगिनी संस्था नेपाली जन सम्पर्क समिति युएईले दशैँ तथा तिहारको अवसर पारेर शुभकामना आदान प्रदान कार्यक्रम कार्यक्रम गरेको छ। समितिले शुक्रबार दशैँ तिहारको अवसरमा शुभकामना आधार प्रधान कार्यक्रम आयोजना गरेको हो। 

युएईमा कार्यरत आफ्ना कार्यकर्ताबीच सहकार्य, सद्भाव र एकातालाई बलियो बनाउने उद्देश्यले सो कार्यक्रम आयोजना गरेको समिति युएईका अध्यक्ष चित्र केसीले नागरिकन्युजलाई बताए।  

कार्यक्रमा प्रमुख अतिथि नेपाली दुतावास युएईका द्वितीय सचिव कृष्ण अर्याल लगाएत अन्य संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। 

सोही अवसरमा विभिन्न सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमहरु समेत प्रस्तुत गरिएको थियो।

प्रकाशित: ८ कार्तिक २०७३ ०५:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App