१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

एथ्लेटिको बिल्बाओलाई पराजित रियल मड्रिड शीर्ष स्थानमा उक्लियो

मड्रिड–अल्भारो मोारटाले अन्तिम समयमा गरेको गोलको मद्दतमा रियल मड्रिड पुनः स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिउको छ। स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति सम्पन्न खेलमा रियल मड्रिडले एथ्लेटिको बिल्बाओलाई २–१ गोल अन्तरले पराजित गरेको हो। खेलको ७ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियल मड्रिडलाई सुरुवाती अग्रता दिलाएका थिए।

तर खेलको २७ औं मिनेटमा बिलबाओका मारिनो जुलआगोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । बराबरीतर्फ अग्रसर खेलको ८३ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै रियललाई २–१ गोल अन्तरको जित दिलाएका हुन्।

यस जितसँगै रियल मड्रिड ९ खेलबाट २१ अंकसहित लिगको शीर्ष स्थानमा उक्लिएको हो। समान खेल खेलेकोे सेभिल्ला २० अंकका साथ लिगको दोस्रो स्थानमा उक्लिँदा १९ अंक बनाएको बार्सिलोना तेस्रो स्थानमा रहेको छ । यता भिल्लारियल पनि १९ अंकका साथ लिगको चौथो स्थानमा उक्लिँदा  एथ्लेटिको मड्रिड १८ अंकसहित लिगको पाँचौ स्थानमा झरेको छ।

 

प्रकाशित: ८ कार्तिक २०७३ ०५:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App