५ वैशाख २०८१ बुधबार
खेल

चेल्सीसंग म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

लण्डन–इङलिस प्रिमियर लिग अन्तर्गत आइतबार राती सम्पन्न खेलमा चेल्सीले म्यानचेस्टर युनाइटेडमाथी सानदार जीत हात पारेको छ।

आइतबार राती सम्पन्न खेलमा चेल्सीले म्यानचेस्टर युनाइटेडलाई ४–० गोल अन्तरले पराजित गरेको हो। खेलको पहिलो मिनेटमा नै पेड्रोले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको २१ औ मिनेटमा चाहिलले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पार्दा चेल्सीले पहिलो हाफमा २–० को अग्रता लिएको थियो।

खेलको दोस्रो हाफमा खेल आफ्नो दबाबमा राखेको चेल्सीले दोस्रो हाफमा पनि दुई गोल थप्न सफल भयो। उसको इडेड हेजार्डले ६२ औ तथा कान्टेले खेलको ७० औ मिनेटमा गोल गर्दै चेल्सीलाई ४–० को सानादर जित दिलाएका थिए । यस जीतसंगै चेल्सी  १९ अंकका साथ लिगको चौथो स्थानमा रहेको छ।

 

 

प्रकाशित: ८ कार्तिक २०७३ १०:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App