८ वैशाख २०८१ शनिबार
समाज

पत्रकारितामा सघाउन मदरल्याण्ड नेपालकाे सहयाेगमा १० लाखको कोष स्थापना

काठमाडौं– अमेरिका बस्ने गैरआवसीय नेपालीहरुको संस्था मदरल्याण्ड नेपालले नेपाली पत्रकारीताको पेशागत विकासका लागि १० लाख रुपैयाँ बराबरको अक्षय कोष स्थापना गर्न सहयोग गर्ने भएको छ।

नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्ट र मदरल्यान्ड नेपालका अध्यक्ष अनिल पाण्डेले उक्त समझदारी पत्रमा सोमबार महासंघ केन्द्रीय कार्यालय काठमाडौंमा हस्ताक्षर गरेको महासंघले जनाएको छ।

अध्यक्ष विष्टले अक्षयकोष स्थापनाले नेपालको समग्र पत्रकारिता र विशेषगरी पत्रकारितामा लैंगिक समानताको विकासमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गर्दै सहयोगका लागि मदरल्याण्ड नेपाललाई धन्यबाद दिए। ।  

मदरल्याण्ड नेपालका अध्यक्ष अनिले पाण्डेले आफू पनि पत्रकारिताको क्षेत्रमा नजिकै रहेको हुँदा यस्ता खाले अक्षयकोषले पत्रकारहरुलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे।

कोषबाट प्राप्त हुने ब्याजले तत्काललाई पत्रपत्रिका, रेडियो, टेलिभिजन वा अनलाईनमा प्रकाशित प्रसारित लैङ्गिक समानता हासिल गर्न समाजलाई अभिप्रेरित गर्ने खोजपूर्ण, पुरुष सहभागिता प्रोत्साहन, पैरवीयुक्त र प्रभावशाली समाचार, आलेख तथा पैरवी पत्रकारिताका लागि मूल्याङ्कनका आधारमा एक राष्ट्रिय तह र एक प्रदेश तहको गरी लैङ्गिक सन्तुलन मिलाएर प्रत्येक वर्ष दुई जना पत्रकारलाई लैङिगक समानता पत्रकारिता पुरस्कार प्रदान गरिने महासंघले जनाएको छ ।

प्रकाशित: ८ कार्तिक २०७३ १०:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App