१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दोहोरो सुविधा लिएको आरोपमा पूर्व कर्मचारी पक्राउ

उदयपुर- दोहोरो सुविधा लिएको आरोपमा उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) जलजलेका एक पूर्व कर्मचारीविरुद्ध प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको छ। एक पटक लिईसकेको सुविधा पुनः लिएको आरोपमा उसिउलिका सेवा निबृत्त कर्मचारी शम्सेरबहादुर तामाङलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

                उद्योग प्रशासनका अनुसार ५९ वर्षीय तामाङ डेढवर्षअघि सेवा निबृत्त भएका थिए। निबृत्तिपछि उनले १२ लाख रुपैयाँ उपदानवापत उद्योगबाट त्यतिबेलै लिएका थिए। तर, लिईसकेको सुविधा लिएको छैन भन्दै पुनः अर्को पटक मागेर १२ लाख लिएको पाइएपछि उनी कारबाहीमा तानिएका हुन्। ०७१ चैतमा सेवा निबृत्त भएका उनले सोही बेला उपदानवापतको रकम लिएकोमा ०७२ साउनमा पुन अर्को १२ लाख लिएको नागरिक लगानी कोषको वार्षिक प्रतिबेदनले देखाएपछि उद्योगले उनीमाथि कारबाही प्रक्रिया अघि बढाएको उद्योगका प्रवक्ता नायव महाप्रवन्धक नवलकिशोर साहले बताए।

उद्योगका प्रवक्ता साहका अनुसार सेवानिबृत्त कर्मचारीलाई उद्योगको आधिकारिक पत्र गएपछि मात्र नागरिक लगानी कोषले उपदान रकम भुक्तानी दिने गरेको छ । ‘उद्योगको आधिकारिक चिठीविना नागरिक लगानी कोषले भुक्तानी दिदैन’ साहले भने ‘तर, एकपटक लिइसकेको सुविधा लिएको छैन भनेर पत्र कसरी उद्योगबाट गयो भन्ने विषयमाथि आन्तरिक छानविन हुँदैछ।’

जिल्ला प्रहरी प्रवक्ता डिएसपी ओम रानामगरले तामाङले दोहोरो सुविधा लिएको कुरा खुलेपछि नागरिक लगानी कोषकै आग्रहमा प्रहरीमा उजुरी परेको बताए। उजुरीको आधारमा पक्राउ उनीमाथि सार्वजनिक अपराध ऐन अन्तरगत मुद्धा दर्ता गरेर अनुसन्धान अघि बढाइएको डिएसपी मगरले बताए। कात्तिक ३ गते परेको उजुरीपछि बोलाएर प्रहरीले रकम फिर्ता गर्न भने पनि अटेर गरेपछि पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइएको डिएसपी मगरको भनाई छ। उनी पैसा तिर्न राजी भएको खवर आएको भन्दै केहीदिनभित्रै दोहोरो रकम फिर्ता गरेर कोषको खातामा जम्मा गर्ने विषयमा छलफल भईरहेको प्रहरी भनाई छ।

तामाङ परिवारले भने रकम फिर्ता गर्न राजी भएको भए पनि थुनामा राखेर मुद्दा दर्ता गराएको गुनासो गरेको छ। तामाङ पत्नी राजकुमारीले दोहोरो सुविधा लिएको भनेर आफु र श्रीमान्लाई थाहा नभएको बताईन्। उनले पहिले लिएको उपदान रकममध्येको बाँकी केही रकम लिन बैंक आउँदा थप रकम देखेर लिएको उनले बताईन्। गाईघाटस्थित सनराईज बैंकमा रहेको श्रीमानको खातामा थप १२ लाख देखिएपछि झिकेर चलाएको तामाङ पत्नीको भनाई छ।

 

प्रकाशित: ८ कार्तिक २०७३ ११:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App