coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

लोकमानको प्रस्टिकरणपछि मात्रै निर्णय गर्न कांग्रेसमा दवाब

काठमाडौं—पद र शक्तिको दुरुपयोग गरी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बद्‌नाम गराउने कार्यमा संलग्न लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनेबारे कांग्रेसमाथि तत्काल कुनै निर्णय नगर्न दवाब परेको छ।

लोकमानलाई काँध हाल्दा पार्टीको साख गिर्ने भन्दै उनीहरुले विधिको शासन र जनमतविपरित जाँदा त्यसले पार्टीलाई नोक्सान हुने उल्लेख गरे।

केन्द्रीय समिति बैठकमा सोमबार बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले संविधानको व्यवस्थाअनुसार महाअभियोग प्रस्ताव गरिएका कार्कीले सफाइ पेश गरेपछि मात्रै पार्टीले निर्णय गर्नुपर्ने बताएका हुन्।

बैठकमा बोल्दै केन्द्रीय सदस्य धनराज गुरुङ तथा सुरेन्द्र पाण्डे लगायतले पार्टी महाअभियोगको पक्षमा उभिनुपर्ने बताएका थिए। लोकमानलाई काँध हाल्दा पार्टीको साख गिर्ने भन्दै उनीहरुले विधिको शासन र जनमतविपरित जाँदा त्यसले पार्टीलाई नोक्सान हुने उल्लेख गरे।

सोमबारको बैठकमा बोल्न २७ केन्द्रीय सदस्यहरुले नाम लेखाएका थिए। बिहानको खाना केन्द्रीय कार्यालयमै खाएका नेताहरु अझै बैठक कक्ष बाहिर अाएका छैनन्। साँझसम्म १८ जनाले आ आफ्नो मन्तव्य राखेका छन्। केन्द्रीय सदस्यहरु बलबहादुर केसी, पुष्पा भुसाल, महेन्द्र यादव लगायतले आ-आफ्नो धारणा राखेका छन्। अन्यले बोल्ने क्रम जारी छ। 'अझै डेढ दुई घन्टासम्म लम्बिन सक्छ', कांग्रेस केन्द्रीय कार्यालय स्रोतले भन्यो,  'बैठक अजै अन्त्य हुने सम्भावना छ।'

गत बुधबार एमाले र माओवादीका १५७ जना सांसदहरुले संसदमा कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका थिए। भ्रष्ट्राचार निवारण गर्ने निकायको प्रमुखको पदमा बसेर दादागिरी शैलीमा अदालतलाई समेत नटेर्ने कार्कीबारे कांग्रेसले के गर्ला भन्ने प्रतीक्षा भइरहेका बेला का‌ंग्रेसले तत्काल यसबारे निर्णय नगर्ने पक्षमा नेताहरु उभिएका हुन्।

जनघृणाको पात्र बनेका कार्कीविरुद्ध सबैभन्दा पहिले कांग्रेस नेताहरु गगन थापा तथा धनराज गुरुङ सहितले संसदको समितिमा महाअभियोगको निवेदन दर्ता गराएका थिए। यो विषयमा कांग्रेसले के गर्ला भनेर प्रतीक्षा भइरहेको छ।

प्रकाशित: ८ कार्तिक २०७३ ११:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App