८ वैशाख २०८१ शनिबार
राजनीति

महाभियोग पास गराउन विद्यार्थी संगठनद्वारा पार्टीलाई दवाव

धनगढी– विद्यार्थी संगठनहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता महाअभियोग अगाडि बढाउन माग गरेका छन्।

कैलालीस्थित दविद्यार्थी संगठनहरुले सोमबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै महाअभियोगलाई पास गराउने गरी अगाडि बढाउन माउ पार्टीहरुलाई आग्रह गरेका छन्।

कार्कीले संविधानको उल्लंघन गरेको, समानान्तर सरकार संचालन गर्न खोजेको र राजाको जस्तो शासन संचालन गर्न खोजेकोले उनलाई महाअभियोगबाट हटाइनुपर्ने विद्यार्थी संगठनहरुले बताएका छन्।

नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, नयाँ शक्ति विद्यार्थी युनियन र अखिल छैठौं कैलालीले संयुक्त विज्ञप्ति जारी गरेका हुन्। लोकमान विरुद्धको महाभियोग पारित गर्न दवाव दिनका लागि मंगलबार धनगढीमा लोकमानविरुद्ध विरोध ¥याली निकालिने विज्ञप्तिमा जनाएका छन्।

 

प्रकाशित: ८ कार्तिक २०७३ १२:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App