coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

९० हजार भूकम्पपीडितलाई अनुदान स्वीकृति

काठमाडौं- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाडौं उपत्यकाका तीन जिल्लाका भूकम्पपीडितलाई निजी आवास निर्माणका लागि अनुदान वितरण गर्न स्वीकृति दिएको छ। प्राधिकरणले काठमाडौं, भक्तपुर र ललितपुरका एक लाख १५ हजार ६ सय ७१ लाभग्राहीमध्ये पहिलो चरणमा ९० हजार ८ सय ८८ घर–परिवारलाई अनुदान वितरणको स्वीकृति दिएको हो। भूकम्पपीडितलाई संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतका निकायबाट अनुदान रकम वितरण हुँदै आएको छ।

मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइका प्रमुख गणेशराज वस्तीले उपत्यकाका तीन सय ६९ वडामा अनुदान सम्झौता सुरु गर्न जिल्लास्तरीय आयोजना कार्यान्वयन इकाइलाई परिपत्र गरिएको जानकारी दिए।

'सबै वडामा एकैपटक काम सुरु गर्न भनिएकाले उपत्यकाको अनुदान वितरण छिटै सम्पन्न हुनेछ,' उनले भने, 'लाभग्राहीलाई नियमअनुसार पहिलो किस्ताको ५० हजार रकम बैंक खातामा हालिनेछ।'

केन्›ीय तथ्यांक विभागले उपत्यकाका तीन जिल्लामा लक्षित नमुना (भेरिफिकेसन मोडेल)बाट भूकम्पपीडितको सर्वेक्षण गरेको थियो। सरकारले भूकम्पलगत्तै उपत्यकाका तीन जिल्लामा एक लाख २१ हजार एक सय १८ परिवारलाई पीडितको रातोकार्ड वितरण गरेको थियो। तर, सर्वेक्षणका क्रममा पाँच हजार चार सय ४७ घरधुरी सरकारी सम्पर्कमा नआउँदा उपत्यकामा लाभग्राहीको संख्या एक लाख १५ हजार ६ सय ७१ भएको हो।

भूकम्प अति प्रभावित उपत्यका बाहिरका ११ जिल्लामा विभागले विस्तृत घरधुरी सर्वेक्षण गरेको थियो। उपत्यका बाहिरका ११ जिल्लामा पहिलो किस्ताको रकम वितरण सम्पन्न हुन लागेको छ। करिब ९ प्रतिशित पीडितले मात्र अनुदानको पहिलो किस्ता रकम पाउन बाँकी रहेको छ।

प्रकाशित: ९ कार्तिक २०७३ ०१:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App