coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

धुलिखेलमा आइस हकी सम्भावना

बनेपा- समुदायको अग्रसरतामा धुलिखेल नगरपालिका–३, जुरेली डाँडामा प्रस्तावित आइस हकी खेलका लागि इन्टरनेसनल आइस हकी फेडेरेसनले चासो देखाएको छ। नेपाल भ्रमणमा रहेका फेडेरेसनका कोषाध्यक्ष लुक टार्डिफले सोमबार उक्त स्थानको अवलोकनपछि चासो देखाएका हुन्।

धुलिखेल वातावरण तथा पर्यटन प्रवर्द्धन केन्द्रको निम्तोमा धुलिखेल आइपुगेका टार्डिफले जुरेली डाँडाको अवलोकनपछि आइस हकी सञ्चालन गर्न प्राविधिक तथा अन्य सहयोगका निम्ति सहयोग गर्ने जानकारी दिए।

'पर्यटन र खेललाई सँगसँगै लैजान आइस हकी परियोजना ल्याउने र प्राविधिक सहयोगका लागि तयार छौं,' उनले भने।

'नेपाल आउनुभएका कोषाध्यक्ष टार्डिफले पोखरा र धुलिखेलको भ्रमण गर्नुभएको छ। नेपालमा पहिलोपटक आइस हकी खेलका लागि पूर्वाधार बन्ने पक्कापक्की भएको छ। उहाँलाई धुलिखेल औधी मनपरेको छ,' नेपाल आइस हकी संघका अध्यक्ष लोकबहादुर शाहीले भने।

काठमाडौं नजिकैको पर्यटकीय गन्तव्य धुलिखेल आउने बाह्य तथा आन्तरिक पर्यटकका लागि प्रस्तावित आइस हकी खेलले थप मद्दत गर्ने केन्द्रका अध्यक्ष विमल ब्यान्जु श्रेष्ठले बताए।

यसअगावै धुलिखेलमै नेपाल अटोमोबाइल स्पोर्टस एसोसिएसन (नासा) को सहयोगमा मोटर रेस स्पोर्ट्स मैदान बन्दै गरेको छ।

प्रकाशित: ९ कार्तिक २०७३ ०२:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App