७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रधानमन्त्री—युएई राजदूत भेटः नेपालीलाई मृत्युदण्ड नदिन दाहालको आग्रह

प्रधानमन्त्री दाहाल तथा युएईका राजदूत शाहीद हाम्दन अल नक्वी

काठमाडौं—प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार बिहान संयुक्त अरब इमिरेट्स (युएई) का राजदूतसँग भेटघाट गर्दै युएईमा अप्ठ्यारोमा परेका नेपालीबारे छलफल गरेका छन्।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा दाहालले युएईको अदालतद्वारा मृत्युदण्डको सजाय सुनाएका दार्चुलाका अमर बमलाई आममाफी दिन राजदूत शाहीद हाम्दन अल नक्वीको ध्यानाकर्षण गराए।

आगामी जनवरी १६ मा हुने वल्र्ड फ्युचर इनर्जी समिटमा सहभागी हुन दाहाललाई निम्तो दिन राजदूत सिंहदरबार पुगेका थिए। प्रधानमन्त्रीले अचानक फरक विषयमा चासो देखाएपछि उनले स्वदेश फर्केर सरोकारवाला निकायसँग छलफल गर्ने आश्वसन दिएका छन्। 

नेपाल र युएई पुराना मित्र भएको उल्लेख गर्दै राजदूत शाहीदले उर्जा सम्मेलनबाट नेपालले प्रशसस्त लाभ लिन सक्ने औंल्याए। विश्व उर्जा सम्मेलनमा निमन्त्रणा गरेकोमा प्रधानमन्त्रीले धन्यवाद ज्ञापन गर्दै सम्मेलनमा सहभागी हुन आफू इच्छुक रहेको बताएका थिए।

 

प्रकाशित: ११ कार्तिक २०७३ ०७:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App