८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

सिंगापुर एयरलायन्सको विमानमा आगलागी, सबै २४१ सकुशल

सिंगापुर— सिंगापुर एयरलायन्सको एउटा विमानमा आपतकालीन अवतरणका क्रममा आगलागी भएको छ। सोमबार चाङ्गी विमानस्थलबाट मिलानका लाग उडेको बोइङ ७७७०–३०० इआर विमानको इन्जिनबाट तेल चुहिएको थाहा भएपछि आपतकालीन अवतरण गरिएको छ।

जहाजले उडेको दुई घण्टापछि इन्जिनबाट तेल चुहावट भएको संकेत गरेको थियो। त्यसपछि चालकले विमानलाई सिंगापुर नै फर्काएर आकस्मिक अवतरण गर्ने प्रयास गरेका थिए। स्थानीय समयअनुसार ६ः५० मा विमान आकमस्मिक ल्यान्ड गराउन खोज्दा दाहिने इन्जिनबाट आगोको मुस्लो निस्किएको थियो। चालक दलले पहिले नै खतराको संकेत गरेका कारण विमानस्थलमा अग्नि नियन्त्रक तथा उद्धार टोली तैनाथ थियो। तत्काल यात्रु तथा चालक दललाई उद्धार गरिएको थियो।

‘एउटा मृत्यु टरेको छ’, आफू चढेको विमानमा आगोको मुस्लो देखेका यात्रु ली बी यीले भने, ‘म घर पुगेर मेरा बच्चाहरुलाई अँगालो मार्नेछु।’

सिङगापुर एयरलायन्सले एक विज्ञप्ति जारी गर्दै विमानमा रहेका सबै १४१ जना  सकुल रहेको जनाएको छ। विमानमा २२२ यात्रु र १९ जना विमान कर्मचारी थिए। सिंगापुर एयरलाइन्सले अर्को विमान प्रयोग गरेर आजै उत्त विमानमा सवार यात्रुहरुलाई मिलान पठाइने पनि जनाएको छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App