६ वैशाख २०८१ बिहीबार
समाज

बेग्लाबेग्लै दुर्घटनामा मोटरसाइकल सवार चारजनाको मृत्यु

काठमाडौं–बर्दिया धदवार–६ माथिल्लो बनगाई चोकस्थित महेन्द्र राजमार्गमा ना. ६ ख ६२६७ नम्बरको ट्रकले बुधबार राति रा. १ प ७८३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकलमा सवार कतर्निया–३ बस्ने २१ वर्षीय अर्जुन थारु र २२ वर्षीय प्रदिप थारुको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा सोही ठाउँ बस्ने २३ वर्षीय संजय थारु गम्भीर घाईते भएकोले उपचारको लागी मेडिकल कलेज कोहलपुर बाँकेमा पठाइएको छ।

ललितपुर गोदावरी नगरपालिका–६ बाँडेगाँउ स्थित बा. २५ प १०५० नम्बरको मोटरसाइकलले रामेछाप घर भई हाल बाँडेगाउँ बस्ने ४० वर्षीय पैदलयात्री सन्त तामाङलाई ठक्कर दिएपछि अनियन्त्रित भई पल्टेको मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ।

मोटरसाईकलको पछाडि बसेका गोदावरी बस्ने २७ बर्षीय मनिष श्रेष्ठको मृत्यु भएको हो। चालक गोदावरी बस्ने २६ वर्षीय बिकी नापित र पैदलयात्री तामाङको अस्पतालमा उपचार भइरहेको छ।

काठमाण्डौं चन्द्रागिरी नगरपालिका–५ थानकोट सरस्वतीस्थान स्थित मुल सडकमा ना. ५ ख ७८६१ नम्बरको कन्टेनर ट्रकले बा.६६ प ७८३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक थानकोट चुनदेवी बस्ने ३२ वर्षीय प्रविण लामाको घटनास्थलमै मृत्यु भएको छ। ट्रक  र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित: ११ कार्तिक २०७३ ११:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App