८ वैशाख २०८१ शनिबार
समाज

बाल बिबाह मुद्दामा तीन दाजुभाई कारागार चलान

खोटाङ– खोटाङमा बाल बिबाह मुद्दामा तीन दाजुभाई कारागार चलान भएका छन्। अढाई वर्षअघि भएको बालबिबाह मुद्दामा जालपा–६ का ३५ वर्षीय जापान राई, २४ वर्षीय मदन राई र २० वर्षीय भलाकाजी राईलाई जिल्ला अदालतको निर्णयअनुसार बुधबार कारागार चलान गरिएको प्रहरीले जनाएको छ।

बिवाहयोग्य उमेर नपुगेकी किशोरीसँग बिवाह गरेको भन्दै भलाकाजी र बिवाहमा सहयोग गरेकामा दाजु जापान र मदनबिरुद्ध प्रहरीमा माइतीपक्षको उजुरी परेको थियो। तीन दाजुभाईलाई गत साउन २५ गते जिल्ला अदालतले जनही ५÷५ हजार जरिवाना र १÷१ महिना कैद सजाय तोकेको थियो। अदालतको निर्णय आएको बेलादेखि फरार रहेपछि खोजतलास गर्नेक्रममा उनीहरुलाई बुधबार जालपाबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सरोज राईले बताए।

पक्राउलगत्तै जिल्ला अदालत समक्ष उपस्थित गराइएकामा अदालतकै आदेशमा कारागार चलान गरिएको हो। सुरुमै पक्राउ परेका उनीहरु १० हजार धरौटीमा रिहा भएका थिए। ‘पहिला उनीहरु धरौटी बुझाएर छुटेका थिए,’ प्रहरी निरिक्षक राईले भने, ‘बकपत्रपछि अदालतको निर्णय आएदेखि भने उनीहरु फरार रहेकाले खोजेर पक्राउ गरिएको हो।’

प्रकाशित: ११ कार्तिक २०७३ ११:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App