८ वैशाख २०८१ शनिबार
प्रविधि

टेलिकमको वाइम्याक्स ७५ वटै जिल्लामा विस्तार

कठमाडौं– नेपाल टेलिकमले वाइम्याक्स (वल्र्डवाइड इन्ट्रोपेरबिलिटी फर माइक्रो वेभ एक्सेस) प्रविधिको ब्रोडब्याण्ड इन्टरनेट सेवा ७५ वटै जिल्लामा विस्तार गरेको जनाएको छ।  

मुलुकमा उच्च गतिको इन्टरनेट सेवा विस्तार गर्ने क्रममा कम्पनीले यसअघि नै ७४ वटा जिल्लामा वाइम्यक्स सेवाको पहुूँच विस्तार गरिसकेकोमा २०७३ कात्तिक ७ गतेदेखि हुम्ला जिल्लामा समेत यो सेवाको विस्तार गरेपछि ७५ वटै जिल्लामा वाइम्याक्स सेवाको पहुँच पुगेको टेलिकमले जनाएको हो।

नेपाल टेलिकमले २०६९ चैत्र १४ गतेदेखि आम उपभोक्तालाई यो सेवा उपलब्ध गराउन थालेको जनाएको छ। कम्पनीले प्रारम्भमै वाईम्याक्स सेवा कर्णाली अञ्चलबाहेक मुलुकका १३ अञ्चलका ४९ जिल्लामा सञ्चालनमा ल्याई त्यसपछि क्रमशःबाँकी अन्य दुर्गम तथा अति विकट जिल्लाहरुमा विस्तार गरेको जानकारी दिएको छ।
    
वाईम्याक्स प्रविधि हाल मुलुकमा उपलब्ध इन्टरनेट सेवाहरु मध्ये सबैभन्दा आधुनिक प्रविधिको इन्टरनेट सेवा हो ।

उपभोक्ताले यो प्रविधिमार्पmत इन्टरनेट चलाउनका लागि सीपीई उपकरण खरिद गर्नु पर्ने कम्पनीले जनाएको छ। यो उपकरण आउटडोर, इनडोर, युएसबी गरी तीन किसिमको हुने कम्पनीको भनाई छ। आउटडोर उपकरणले आधार स्टेशनदेखि १५ किलोमिटर र इन्डोरले आधार स्टेशनदेखि ५ किलोमिटर र युएसबीले २ किलोमिटर टाढासम्मको सिग्नलबाट इन्टरनेट चलाउन सकिने टेलिकमले जनाएको छ।

वाइम्याक्स सेवामा कम्पनीले उपलब्ध गारएको डाटा रेट निम्नअनुसार भएको जनाएको छः

समयावधि    डाटा भोलुम(जीबीमा)    महशुल दर (रु.)
१ महिना           ५                               ६५०।–
३ महिना          १५                              १,५००।–
६ महिना           ३०                              ३,३००।–
१२ महिना          ६०                             ५,३००।–
१२ महिना          १२०                           ८,०००।–
१२ महिना         २०२                            १२,७५०।–
१२ महिना          ३३६                           २०,४००।–

प्रकाशित: ११ कार्तिक २०७३ १३:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App