७ वैशाख २०८१ शुक्रबार
अर्थ

भारतसँगको वाणिज्य सन्धि नवीकरण

काठमाडौँ-नेपाल र भारतबीचको द्विपक्षीय वाणिज्य सन्धि आजदेखि आगामी सात वर्षका लागि नवीकरण भएको छ ।

दुई मुलुकबीचको व्यापार प्रवद्र्धन, सहजीकरण र विविधीकरण गर्ने हेतुले विसं २०६६ असोज ११ गतेदेखि लागू भएको उक्त सन्धिको सातवर्षीय अवधि बुधबार मात्रै समाप्त भएको थियो । सन्धिको धारा १२ को उपधारा ख अनुसार स्वतः बिहीबारदेखि अर्काे सात वर्षका लागि सन्धि हुबहु नवीकरण भएको वाणिज्य मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले राससलाई जानकारी दिए ।

सन्धिमा भएको प्रावधानले दुवै मुलुकका उत्पादनलाई एकार्काका बजारमा सहज पहुँचको व्यवस्था गरेको छ । सन्धिको शून्य भन्सारको छुट व्यवस्थाले अतिकम विकसित मुलुक नेपालमा वैदेशिक लगानी सुनिश्चित गरेको सचिव उपाध्यायको धारणा छ । सन्धिका प्रावधानले नेपालको औद्योगिक विकासको आधारशिला स्थापना गर्नाका साथै द्विपक्षीय व्यापार सहजीकरणका लागि प्राविधिक सहयोगको सुविधा समेत प्रदान गरेको छ ।

उत्पादित वस्तुको निर्यातमा कुनै कठिनाइ उत्पन्न भएमा सन्धिले दुवै मुलुकको आपसी सहमतिमा समाधान गर्ने प्रावधानको व्यवस्था गरेको छ । सन्धिको धारा १२ को सीमा दुई देशको आपसी समझदारीमा सन्धि संशोधन गर्न सकिने जनाइएको छ । रासस

प्रकाशित: ११ कार्तिक २०७३ १३:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App