coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

भूकम्प पीडितलाई तिहारमा आफ्नै घर, राष्ट्रपतिद्वारा वस्ती हस्तान्तरण

सिन्धुपाल्चोक–धुर्मुस–सुन्तली फाउन्डेसनले बनाएको गिरानचौर एकीकृत नमूना बस्ती राष्ट्रपति विद्यादेवी भण्डारीले आज समुदायलाई हस्तान्तरण गरेकी छिन्।

कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को अगुवामा बनेको एक सामुदायिक भवनसहित ६७ घरको बस्ती भूकम्प पीडित स्थानीयलाई हन्तान्तरण गर्न उनी हेलिकप्टरबाट बिहान १० बजे गिरानचौर पुगेकी थिइन्।

२३ घर, दुईटा चिल्ड्रेन पार्क, एउटा पार्किङ र दुईटा सार्वजनिक धारा रहेको ब्लक ‘ए’ राष्ट्रपति भण्डारीले समुदायलाई हस्तान्तरण गरिन्। २७ घर, चार चिल्ड्रेन पार्क, दुई सार्वजनिक शौचालय र चार सार्वजनिक धारा रहेको ब्लक ‘बी’ सीतारामका बाआमाले संयुक्त रुपमा समुदायलाई हस्तान्तरा गरे।

त्यस्तै १५ घर, खेल मैदान र शितल ताप्ने चौतारी, एक चिल्ड्रेन पार्क, दई सार्वजनिक धारा रहेको ‘सी’ ब्लक कुञ्जनाका बाआमाले साँचो समुदायलाई बुझाएर हस्तान्तरण गरेका छन्। हस्तान्तरण कार्यक्रममा भाग लिन मह जोडी समेत आएका थिए।

सो अवसरमा फाउन्डेसनले ५ करोड १३ लाख ८५ हजार १ सय ८७ रुपैयाँमा एकीकृत बस्ती निर्माण भएको जानकारी दिएको छ। फाउन्डेसनका अनुसार बस्ती बनाउन जनस्तरबाट ६ करोड १७ लाख १ हजार १ सय ३९ रुपैयाँ संकलन भएको थियो। बस्ती बनाउन लागेको कुल लागतमध्ये ४ करोड ५२ लाख ४४ हजार २ सय ८७ रुपैयाँ भूक्तानी भइसकेको छ। ६१ लाख ४ हजार ९ सय रुपैयाँ उधारो भूक्तानी तिर्न बाँकी छ।

बस्ती हस्तान्तरणसँगै भूकम्पपीडित स्थानीयलाई जस्ताको अस्थायी टहरोबाट नयाँ घरमा सर्ने बाटो खुलेको छ। यो तिहार उनीहरुले आफ्नै घरमा मनाउँदैछन्।

प्रकाशित: १२ कार्तिक २०७३ ०५:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App