coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

धरान- धनकुटा सडक खण्डमा बस दुर्घटना, यात्रु सामान्य घाइते

भगिश्वर लिम्बू

तेह्रथुम- म्याङलुङबाट धरान हिँडेको बस धनकुटाको हिले नजिकैको सुकेपोखरीमा बुधबार दिउँसो0 दुर्घटना भएको छ। म्याङलुङ बाट बिहान ८ बजे धरानको लागी हिडेको ना २ ख ९१५७ नम्बरको जलजला यातायात सिधुवा र हिलेको बिच सडकखण्ड अन्तरगर्त सुकेपोखरीमा दुर्घटना भएको हो।

क्षमता भन्दा बढी यात्रु लिएर धरान जादै गरेको बस ट्रनिङमा  स्टेरिङ नघुम्दा सडकबाट तल झरेको बताईएको छ। चालकको सावधानीको कारण ठूलो दुर्घटनाबाट बचेको यात्रुहरुले बताएका छन्। दुर्घटनामा यात्रुहरु सामान्य घाईते भएका छन्।

केही महिना अघि सोही सडक खण्डको सिघुवा मास्तीर बस दुर्घटना हुँदा पूर्व राज्यमन्त्री हरिराज खेवा सहित १३ जनाको ज्यान गएको थियो।

प्रकाशित: १७ कार्तिक २०७३ १३:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App