६ वैशाख २०८१ बिहीबार
समाज

पसलेमाथि साङ्घातिक आक्रमण, अढाइ लाख लुटियाे

इटहरी– इटहरी उपमहानगरपालिका–१ स्थित इलाका प्रहरी कार्यालय नजिकै रहेको दाहाल कोल्ड सेन्टरका सञ्चालक ६५ वर्षीय केदार दाहाललाई पसलभित्रै साङ्घातिक आक्रमण गरी अढाई लाख रुपैयाँ लुटपाट गरेको घटना बुधबार सार्वजनिक भएको छ ।

प्रहरीले घटना भएको पसल खोलेर मुचुल्कासमेत गरेको छ। कात्तिक १५ गते राति ९ः३० बजेतिर दाहालको टाउको र अनुहारमा इँटाले हिर्काएर कोल्ड सेन्टरभित्रै लडाई बाकसमा भएको अढाई लाखभन्दा बढी नगद लुटेर सटर बन्द गरी आक्रमणकारी फरार भएको घटनाको बुधबार अनुसन्धान थालिएको हो ।

घाइते दाहालको भने विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको इप्रका इटहरीले जानकारी दिएको छ । घटनास्थलमा फेला परेको मोबाइलका आधारमा एक शङ्कास्पद व्यक्ति नियन्त्रणमा लिइसकेको र अरु अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए।

उपचाररत दाहालको आँखा र गिजामा जोखिमपूर्ण चोट रहेको तथा उनी अझै अर्धचेत अवस्थामा रहेकाले आक्रमणकारी यकिन गर्न कठिनाइ भइरहेको उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष शैलेस विष्टले बताए। रासस

प्रकाशित: १७ कार्तिक २०७३ १३:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App