७ वैशाख २०८१ शुक्रबार
खेल

पोल्यान्डसँग खेल्न फोन्टे आतुर

पेरिस- युरोपियन च्याम्पियनसिपको अन्तिम १६ मा क्रोएसियालाई पराजित गरेपछि उत्साहित भएका पोर्चुगाली खेलाडी जोस फोन्टेले पोल्यान्डविरुद्ध खेल्न आतुर रहेको बताएका छन्। शनिबार क्रोएसियालाई १-० ले पराजित गरेको खेलबाट प्रतियोगताको शुरुआत गरेका ३२ वर्षे सेन्टर ब्याक फोन्टेले बिहीबार मार्सेमा पोल्यान्डविरुद्ध पनि प्रशिक्षकको रोजाईमा पर्ने विश्वास लिएका छन्।

पोल्यान्डले शनिबार स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अन्तिम ८ को यात्रा तय गरेको थियो। क्रोएसियालाई हराउनुअघि पोर्चुगल फ्रान्समा जारी प्रतियोगितामा विजयरहित थियो।

‘यो प्रतियोगितामा पहिलो खेल भएकाले पनि शनिबारको खेल मेरा लागि महत्वपुर्ण थियो,’ फोन्टेले भने, ‘प्रशिक्षकले क्वार्टरफाइनलमा पनि रोजे म त्यसका लागि तयार छु।’

समुह चरणमा स्पेनलाई २–१ ले पराजित गर्दै उच्च मनोवल बनाएको क्रोएसियालाई पराजित गरेपछि पोर्चुगल लयमा फर्किएको विश्वास लिइएको छ। फोन्टेले पोर्चुगलको टोलीमा सबै खेलाडीको समान महŒव रहेको बताए।

‘सबै खेलाडीको समान महत्व छ,’ साउथह्याम्पटनबाट ३२ प्रिमियर लिग खेल खेलेका फोन्टेले भने, ‘त्यसैले प्रशिक्षकले हामीलाई विश्वास गर्छन। अन्य २२ खेलाडी जस्तै म पनि अर्को खेलका तयार छु। हामी सधै कडा मिहिनेत गरिरहेका छौं र सबै खेलाडी प्रति प्रशिक्षकको समान विश्वास छ। त्यसबाट हामीलाई थप आशा पलाएको छ।’

चार वर्षअघि पोर्चुगल सेमिफाइनल पुगेको थियो। तर, स्पेनसँग पेनाल्टी सुटआउटसँग पराजित भएपछि पोर्चुगल प्रतियोगिताबाट बाहिरिएको थियो।

‘हाम्रो सिद्धान्तबारे हामीलाई राम्रो थाहा छ,’ फोन्टेले भने, ‘पुनरागमन गर्नु नै महŒवपूर्ण पक्ष हो। जो खेल्छन उनीहरु पनि सक्दो राम्रो गर्ने प्रयासमा हुनेछन्। बेन्चमा बस्ने पनि तयार अवस्थामा हुन्छन्।’

एक दिनको आराम पश्चात पोर्चुगलले सोमबार अभ्यास शुरु गरिसकेको छ। हुँवा माउटिन्होले समुह भन्दा छुट्टै अभ्यास गरिरहँदा राफेल गुइरेरो र आन्द्रे गोमेज जिममा व्यस्त थिए। गुइरेरो र गोमेजले क्रोएसियाविरुद्ध पहिलो रोजाईमा खेलेका थिए भने माउटिन्हो बेन्चमा थिए।

प्रकाशित: १४ असार २०७३ ०३:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App