७ वैशाख २०८१ शुक्रबार
समाज

दाइजो नलिन रौतहटका मुस्लिम मोलवीको फतवा

रौतहट- दाइजो प्रथाले समाजलाई ग्रसित बनाइरहेको अवस्थामा रौतहटका मोल्वीहरुले कुनै किसिमको दाइजो नलिन फतवा जारी गरेका छन्। रौतहटका मुस्लिम अगुवा तथा मोलवीहरुको शनिवार राजपुर फरहदवामा भएको भेलाले दाइजो नलिने फतवा जारी गरेको हो।

धार्मिक मान्यताको विपरित पुस्तौ देखि कुप्रथाको रुपमा चल्दै आएको दाइजो प्रथालाई उन्मुलन गर्न अभियान शुरु गरेका छन्। समाजमा दाइजो कै कारण हत्या, आत्महत्या र घरेलु हिंसा दिनदिनै बढिरहेकोले रौतहटको राजपुर फरहदावा स्थीत महमुदिया मस्जीद आयशा मद्रसामा विशाल सम्मेलन गरेर अगुवा तथा मुस्लीम धर्मगुरुहरुले अव उप्रान्त कुनै किसिमको दाइजो नलिने उनीहरुले जनाएका हुन्।  

मुस्लीम समुदायले छोरीको विवाह गर्ने क्रममा वेहुला पक्षलाई दाइजो दिने परमपराले घरवार बेच्नु परेको तथा बन्धकी राखेर विहेको लागी रकम जोहो गर्नु पर्दा कतिपय परिवार नै बर्बाद भएको र इस्लाम धर्ममा पनि दाइजाको लेनदेन गर्न नहुने कुरा उल्लेख भएकोले दाइजो बहिष्कार गर्ने निर्णय गरेको जमियत ओल्माए नेपालका सदस्य एवं मुस्लीम अगुवा महम्द मक्शुद्ध राँकीले बताए।

कार्यक्रमका प्रमुख अतिथि एवं धर्म गुरु मौलाना इजहारुल हकले नेपाल र भारतमा बसोवास गर्ने मुस्लिम समुदायमा दाइजो लिने र अवोध अवस्गामा वाल विवाह गर्ने चलन विस्तारै विस्तारै विकृतिको रुपमा बढ्दै गएकोले यसलाई रोक्न एकजुट भएको बताए। दाइजो लिनु र विना परिश्रम गरेर धन कमाउनु कुरान अनुसार गलत कार्य भएकोले समुन्नत मुस्लिम समाजको निर्माणमा जुट्न उनले आग्रह गरे।

उनीहरुले मुस्लिम समुदायका युवायुवतीको विहेवारी हुँदा दाइजोबारे अनुगमन गर्न जिल्ला स्तरिय ११ सदस्यीय अनुगमन समिति समेत गठन गरेको हाजी जिकुरुल्लाहले जानकारी दिए।

प्रकाशित: २० कार्तिक २०७३ १४:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App