८ वैशाख २०८१ शनिबार
समाज

युवकको हत्या गरी अाफ्नै साथीले पानीमा फालेको प्रहरी निष्कर्ष

बुटवल—रुपन्देहीको बुटवल उपमहानगरपालिकाका एक व्यक्तिको केही दिनअघि भएको हत्यामा उनकै साथी रहेको प्रहरीले जिकिर गरेको छ।

बुटवल उपमहानगरपालिका– ५ का अन्दाजी ३४ वर्षीय वीरबहादुर गुरुङको शव यही कात्तिक १४ गते राति बुटवल र सैनामैना नगरपालिकाको सिमानामा पर्ने बमहा खोलामा फेला परेको थियो। बिहानै खोलामा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए।

निजको हत्यामा सैनामैना नगरपालिका– १२ का २५ वर्षीय सन्तोष थापा रहेको इलाका प्रहरी कार्यालय बुटवलले जिकिर गरेको छ। निजले आफूले लुकाएर ल्याएको हथौडाले पटक पटक प्रहार गरी बेहोस बनाएर लतार्दै पानीमा लगेर फालेको आरोप जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक बुद्धिराज गुरुङले लगाए।

प्रहरीले अभियुक्तबाट एक थान हथौडा, चार थान मोबाइल टेलिफोन सिमकार्ड, कैँची लगायत सामग्री र मृतकका साथबाट पाँच थान इलेक्ट्रिक डेटोनेटर, हतियारमा प्रयोग हुने ११ थान छर्रा, रु पाँच लाख फिरौतीबारे लेखिएका कागजात र नक्सा बरामद भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले बताए।

घटनाको प्रारम्भिक अनुसन्धानबाट अभियुक्त र गुरुङ दुवै आपराधिक क्रियाकलापमा संलग्न रहेको र अभियुक्तले मृतकबाट अपराधको घटना सार्वजनिक हुने आशङ्कामा हत्या गरेको हुन सक्ने सम्भावना रहेको जनाइएको छ। रासस

प्रकाशित: २१ कार्तिक २०७३ ०६:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App