coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

एनजिअाेले छाेडेकी वृद्धाको बिजाेक

विराटनगर—विराटनगरको विराटेश्वर वृद्धाश्रमको पछाडि बारीमा एक वृद्धा अति दयनीय अवस्थामा बस्न बाध्य छिन्। आश्रमकै पछाडिपट्टि छाप्राेमा उनले अाश्रय लिँदै अाएकी छिन्। यहाँ उनी बस्न थालेकाे  ४ वर्ष भइसक्याे। छाप्राेमा एउटा खाट छ। वर्षापछि वरिपरि पानीले घेरिएकाे उनकाे खाट कुनै टापु जस्ताे भएकाे छ।

खाट र जस्ताको छानोबाहेक त्यहाँ अरू केही छैन। एक स्थानीयले २ दिनअघि परेको पानी जमेर खाटको माथिसम्म पुगेको बताए। वरिपरि पानी जमेकाले लामखुट्टेले टोक्नु सामान्य नै भयाे। अन्य किरा र सर्पको झनै डर छ।

दुवै खुट्टा नचल्ने उनकाे दिसा–पिसाब, खाना सबै खाटमै हुन्छ। मानसिक सन्तुलन ठीक नभएकाले उनलाई अरू वृद्धासँग राख्न नसक्ने आश्रम सञ्चालक जगतप्रसाद अर्यालले बताउँछन्। आश्रममा बस्न वृद्धाहरूले भने पनि उनको स्वभाव यहाँ बस्ने अरूसँग मिल्दैन। कसैले खाना दिन गयो भने पनि कुटपिट गर्ने, कराउने, गाली गलौज गर्ने गर्छिन् उनी।

उनी रातभर कराउने, एक्लै नबुझिने गरी बोल्ने गरेको स्थानीय बताउँछन्। 

विराटेश्वर आश्रमले विशेषगरी ज्येष्ठ नागरिकको हेरविचार गर्ने गरेको छ। तथापि कहिलेकाहीं अन्य प्रकृतिका मानिसलाई समेत आश्रय दिएको अर्यालले बताए। 'विभिन्न एनजिओ, आइएनजिओ, पुलिसले ज्येष्ठ नागरिकलाई यहाँ ल्याएर छाडेर जान्छन्', अर्यालले भने, 'अरूसँगै राख्न सक्ने अवस्था नभएकाले अलग्गै राखेका हौं। अहिले पानीले समस्या भएको हो।'

उनलाई झुल, लुगा लगाइदिए च्यात्ने बानी  छ। नुहाइदिने गरिए पनि उनी आफैंले फोहोर गर्छिन्। उनलाई माेरंगकाे केराबारीस्थित जंगलबाट ल्याएर यहाँ छाडिएको स्थानीयले बताए। 'हामीले यस्तो मानसिक रोगी राख्ने गरेका छैनौं। महिला अधिकारसम्बन्धी संस्थामा काम गर्ने एक महिलाले यहाँ ल्याएर छाडेको र पछिमात्रै मानसिक रोगी भएको थाहा भयो,' उनले भने, 'एनजिओहरूले हामीकहाँ ल्याएर छाडेर जाने गरेका छन्।'

नेपालमा महिला हक अधिकार र संरक्षण गर्ने भन्दै दर्जनौ संघ–संस्था खुले पनि यस्ता महिलाप्रति कसैले चासो दिएको देखिँदैन। उनीहरू तारेहोटल, चार दिवालभित्र विभिन्न महिला अधिकार र संरक्षणका गोष्ठी मात्र गर्छन्। यसरी विभिन्न ठाउँका महिलाको अवस्था र तिनलाई कसरी संरक्षित गर्ने भन्ने चासो न त सरकारी निकायको छ, न एनजिओ र आइएनजिओको नै। 

प्रकाशित: १४ असार २०७३ ०४:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App