४ वैशाख २०८१ मंगलबार
प्रवास

अमेरिकामा भएको कार दुर्घटनामा चार नेपालीको मृत्यु

दुर्घटनाग्रस्त कार

विजय थापा

वासिङ्टन डिसी— अमेरिकाको जर्जिया राज्यको एटलान्टाको ग्रामीण क्षेत्र जेफर्सन काउन्टीमा भएको कार दुर्घटना चार नेपालीले ज्यान गुमाएका छन्। शुक्रबार नोवेम्बर ४ तारिखमा भएको भयानक दुर्घटनामा परी २ जना गम्भीर घाइते भएका छन्। उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटना परी निधन हुनेहरुमा गुल्मी घर भई हाल काठमाडौं अनामनगर बस्ने चिरन्जीबी खनाल, उनकी पत्नी श्यामा खनाल, बुहारी ऋचा खनाल  पन्त तथा परिवार सदस्यकी एक प्रेमिका रहेका छन्।

दुर्घटना परी निधन हुनेहरुमा गुल्मी घर भई हाल काठमाडौं अनामनगर बस्ने चरिञ्जिवी खनाल, उनकी पत्नी श्यामा खनाल, बुहारी ऋचा खनाल  पन्त तथा अर्की एक युवती रहेका छन्। ती युवती चिरन्जिवी खनालकै छोरा समिरकी प्रेमिका भएको स्थानीय मिडियाले उल्लेख गरेका छन्।

गाडीको पछाडि बसेका सबै चार जनाको ज्यान गएको हो। गाडीको अगाडि बसेका समिर खनाल तथा सुबाश खनाल गम्भीर घाइते भएका छन्। उनीहरु खतरामुक्त रहेको बताइएको छ।

दुर्घटनामा परेको गाडी निसानको अल्टिमा कार हो। शुक्रबार राति करिब ९ बजे २९६, जर्जिया राजमार्गबाट उत्तर गइरहेको अवस्थामा ८८ राजमार्गमा ठूलो मालबाहक ट्रकसँग ठोक्किएको थियो।

अचानक कार देखेपछि ट्रकले बोचाउने कोसिस गरेको प्रत्यक्षदर्शीले जनाए। ट्रक चालक त्यहीँका स्थानीय स्यानडर्सभिल टेनीमा सञ्चालित एउटा कम्पनीमा काम गर्ने व्यक्ति हुन्। उनको शरीरमा सामान्य चोट लागेको छ। दुर्घटना ८८ राजमार्ग तथा २९६ राजमार्गको बीचमा भएको हो। 

दुर्घटनामा परेको परिवारले भर्जिनियामा तिहार मनाएको आफन्तले जानकारी दिए। 'लक्ष्मीपूजाको दिन उनीहरु सबै यहीँ भर्जिनियामा थिए। त्यसपछि बाहिर निस्केका उनीहरु चढेको गाडी दुर्घटनामा परेको हो। सबै विवरण आइसकेको छ। हामी प्रहरी सम्पर्कमा छौं', एक आफन्तले भने।

मृत शरीरलाई एटलान्टाको अपराध प्रयोगशालामा राखिएको छ। दुर्घटनाको कारण मध्यपान हो कि हैन भन्ने अहिलेसम्म पुष्टि नभएको प्रहरीले जनाएको छ।

पारिवारिक स्रोत अनुसार मृतक चिरन्जीबी खनाल नेपालमा सरकारी जागिर को निवृतिभरण प्राप्त गरि अमेरिका घुम्न आएका थिए।

प्रकाशित: २२ कार्तिक २०७३ ०५:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App