coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

मंसिर दोस्रो सातादेखि फेरि लोडसेडिङ

काठमाडौं–चाड पर्वमा बिजुली कटौती नगरेको भन्दै नेपाल विद्युत प्राधिकरणको प्रशंसा भएपनि मंसिरको दोस्रो सातापछि उपत्यकामा पुनःअँध्यारो छाउन थाल्नेछ।
पूर्वाधार संरचनामा सामान्य सुधार भएको तर माग अनुसार बिजुली आपूर्ति नभएकाले अँध्यारोको समस्या यथावत रहने देखिएको हो। दसैं, तिहार र छठजस्ता पर्वमा औद्योगिक क्षेत्रमा कम माग, भारतबाट बढी बिजुली आयात तथा झन्डै ३० मेगावाट आन्तरिक उत्पादन थपिएकाले समस्या देखिएको छैन्।

प्राधिकरणले अहिले भारतबाट करिब ३ सय मेगावाट बिजुली आयात गरेको छ भने ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’ बाट प्रणालीमा २५ मेगावाट थपिएको छ । यस्तै, औद्योगिक क्षेत्रको झन्डै ३ सय मेगावाटको माग चाडपर्वमा स्वाट्टै घटेको छ ।उपत्यकाका केही स्थानका पुराना ट्रान्सफर्मर फेरिएकाले पनिप्राधिकरणलाई माग र आपूर्ति व्यवस्थापन गर्न सजिलो भएको हो।

चाड पर्वमा बिजुली कटौती नगरेको भन्दै नेपाल विद्युत प्राधिकरणको प्रशंसा भएपनि मंसिरको दोस्रो सातापछि उपत्यकामा पुनःअँध्यारो छाउन थाल्नेछ। पूर्वाधार संरचनामा सामान्य सुधार भएको तर माग अनुसार बिजुली आपूर्ति नभएकाले अँध्यारोको समस्या यथावत रहने देखिएको हो।

प्राधिकरणले चालु आर्थिक वर्षको उच्चमाग १ हजार ४ सय २३ पुग्ने प्रक्षेपण गरेको थियो। तर, तिहार लक्ष्मी पूजाका दिन माग करिब १ हजार ५ सय मेगावाट थियो। औद्योगिक क्षेत्रमा माग नभएकाले साँझ दुई वा तीन घन्टाको मात्र माग व्यवस्थापन गर्न सजिलो भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।
‘स्युचाटारस्थित प्रमुख वितरण केन्द्र र बानेश्वर वितरण केन्द्रमा ३० एमभिएको ट्रान्सफर्मर फेरिएको छ,’ उनले सोमबार भने, ‘उपत्यकामा वितरणको त्यति ठूलो समस्या छैन तर व्यवस्थापन मुख्य विषय हो।’ उनका अनुसार चपली सबस्टेसन एक महिना भित्र पूरा हुने र ‘ओभर लोड’ भएका वितरण केन्द्रका ट्रान्सफर्मर मर्मत तथा स्तरोन्नति गर्दा यो वर्ष लोडसेडिङ न्यूनतममा झार्न सकिन्छ।

गतवर्ष यही समयमा प्राधिकरणले भारतबाट करिब २ सय मेगावाट आयात गरेको थियो। यस्तै, ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइननिर्माण पूरा भएको थिएन। यो प्रसारण लाइन पूरा भएर यहाँबाट अहिले ७० देखि ८० मेगावाट निरन्तर आयात भइरहेको छ। यहीकारणले लोडसेडिङ बढ्न नसकेको प्राधिकरणका पूर्वकार्यकारी निर्देशक मुकेशराज काफ्लेले बताए।

‘गतवर्ष भारतको नाकाबन्दीका कारण ग्यास अभाव थियो, सम्पूर्ण सर्वसाधारणले बिजुली उपभोग गर्न थालेका थिए,’ काफ्लेले भने, ‘भूकम्पका कारण करिब ८० मेगावाट प्रणाली बाहिरै थियो। प्रणालीले लोड थान्न नसक्दा झ्याप्प–झ्याप्पलाइन काटिने समस्याथियो तर अहिले त्यस्तो कुनै समस्या छैन।’

गत वर्षको यही समयको तुलनामाअहिलेको मागखासै नबढेको प्रणालीमा झन्डै सय मेगावाट बिजुली थपिएकाले लोडसेडिङ कमभएको उनको तर्क छ। उसो त भूकम्पले क्षति पुगेको आयोजनाको बिजुली उत्पादन भएर प्रणालीमा जोडिएको छैन। बिजुलीको उच्च माग साँझदुई घन्टा हुने हुँदा यो व्यवस्थापन गर्न सकेकै कारण लोडसेडिङ गर्न नपरेको घिसिङले तर्क गरे। उनका अनुसार उचित व्यस्थापन गरे दिउँसो र राति बढीमा ५० मेगावाटसम्म बिजुली बढी हुन्छ।

भारतबाट बढी आयात भएको र मध्यमस्र्याङ्दीको बिजुली थपिएकाले विद्युत संकट कम देखिएको प्राधिकरण भारप्रेषण केन्द्रका प्रमुख विष्णुप्रसाद श्रेष्ठले बताए। ‘खोलामा पानीको बहाव घटेको छैन, पानी सङ्लो भएकाले उत्पादन राम्रो हुन्छ,’ उनले भने, ‘मंसिरसम्म लोडसेडिङको खासै समस्या हुँदैन। त्यसपछिमात्र बढी हुने हो।’

उपत्यकालाई लोडसेडिङ मुक्त गर्ने योजना भएपनि अहिले उपलब्ध बिजुलीकै आधारमा सजिलो नरहेको श्रेष्ठले बताए। ‘प्रणालीमा अहिले करिब ९ सय मेगावाट उपलब्ध छ तर उद्योग कलकारखाना सञ्चालन भएपछि यसले धान्दैन,’उनले भने । सरकारले यो वर्षको हिउँदमा लोडसेडिङ ७ घन्टामा सीमित गर्ने लक्ष्य राखेको छ । श्रेष्ठका अनुसार भारतबाट जति बढी बिजुली ल्याउन सक्यो त्यही आधारमा लोडसेडिङ कम हुन्छ।

विद्युत संकट कमगर्न प्रणालीमा बढी बिजुली नथपिएपनि माग, आपूर्ति र पूर्वाधार संरचनाको उचित व्यवस्थानलाई प्राथमिकता दिइएको घिसिङले बताए। ‘उद्योग कलकारखाना चलेका छैनन्, विस्तारै त्यस क्षेत्रको माग बढ्दै जान्छ,’ उनले थपे, ‘सोमबारदेखि नै माग बढ्छ, यो १ हजार २ सय मेगावाटसम्म पुग्न सक्छ। हामीले यसको व्यवस्थापनमा जोड दिएका छौं।’
गत वर्षको अवस्था

प्राधिकरणले गत वर्ष यही समयमा भारतबाट करिब २ सय मेगावाट बिजुली आयात गरेको थियो। अहिले ३ सय मेगावाट आयात गरेको छ। गतवर्ष भारतको नाकाबन्दीका कारण ग्यास आयात ठप्प हुँदा बिजुलीको उपभोग बढेको थियो। त्यतिबेलाको उच्चमाग १ हजार ८ सय मेगावाटसम्म पुगेको थियो।

भूकम्पका कारण बिग्रिएका संरचना पुनर्निर्माण भइसकेका थिएनन्। त्यहीकारण पटक–पटक लाइन काटिने समस्या रहेको भारप्रेषण केन्द्रका पूर्व निर्देशक भुवनकुमार क्षेत्रीले बताए। ‘गतवर्ष ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइन पूरा भएको थिएन। फागुन ७ बाट मात्र ८० मेगावाट आएको थियो,’ उनले भने, ‘यो वर्ष त्यहाँबाट निरन्तर उक्त परिमाणको बिजुली आइहेको छ।’

यो वर्ष सय मेगावाट प्रणालीमा थपिएकाले माग र आपूर्ति मिलाउन सजिलो भएको क्षेत्रीको तर्क छ। ‘लोडसेडिङ अहिले नै हट्ने वा घट्ने भन्ने विषय सान्दिर्भिक होइन,’उनले भने, ‘मंसिरपछि मात्रयसको असर देखिन्छ ।’ उनका अनुसार बिजुलीको मागगतवर्षको तुलनामाखासै बढेको छैन।
 

सरकारको प्रतिबद्धता

प्रधानमन्त्री पुष्पकमल दाहालले लोडसेडिङ कम गर्न सरकारले आवश्यक सबै संयन्त्र परिचालन गर्ने बताएका छन्। चुहावट नियन्त्रण गर्न सुरक्षा संयन्त्रदेखि आवश्यक बजेट उपलब्ध गराउने प्रधानमन्त्रीलाई उद्धृत गर्दै कार्यकारी निर्देशक घिसिङले बताए।

‘प्रधानमन्त्रीले चुहावट नियन्त्रण गर्न कार्ययोजनासहित अघि बढ्न निर्देशन दिनुभएको छ,’ उनले भने, ‘चुहावटबाट करिब ३० मेगावाटसम्म बिजुली बचत हुन्छ, यसले प्राधिकरणको वार्षिक २ अर्ब रुपैयाँ बचत हुन्छ।’ चुहावट नियन्त्रण गर्न सरकारले गर्नुपर्ने सबै सहयोग गर्ने भएपछि प्राधिकरणले कार्यान्वयनलाई चुस्त बनाउने उनको भनाइ छ ।

 

प्रकाशित: २३ कार्तिक २०७३ ०५:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App