७ वैशाख २०८१ शुक्रबार
अर्थ

भारू हजार र पाँच सय प्रतिबन्धले अलैंची कारोबार ठप्प

पाँचथर– भारतीय एक हजार र पाँच सय रुपैयाँ प्रयोगमा लागेको असर नेपाली अलैंची बजारमा परेको छ। भारुमा रोक लागेसँगै बुधबार नेपाली बजारमा अलैंचीको कारोवार हुन नसकेको व्यवासयिहरुले बताएका छन् ।

नेपाल अलैंची व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दीपक नेपालका अनुसार बुधबार अलैंचीको भाउ शून्यको अवस्था रहेको जानकारी दिए। भारतीय बजारमा भारु पाँच सय र एक हजारको नोटमा प्रतिबन्ध लागेपछि कारोबार हुन नसकेको नेपालले बताए।

‘भारु प्रतिबन्धको असर अलैंचीमा परेको छ । यहाँको अलैंची भारतीय बजारमा जाने हो। उताका व्यापारीले केही दिन हेरौँ भनेपनि भाउ शून्यको अवस्था आएको हो,’ नेपालले भने, ‘यसको असर केही दिन देखिन सक्छ। किसान र व्यापारीले केही दिन कुर्नु पर्ने अवस्था देखिएको छ। हामीले बेच्ने व्यवासयीहरुलेने भाउ बताउन सकेनन् ।’

नेपालमा उत्पादन भएको अधिकतर अलैंची भारतमा निर्यात हुन्छ । भारतीय बजारले नेपाली अलैंचीको भाउ निर्धारण गर्छ। भारतीय व्यवासयिले मूल्य तोके अनुसार नेपाली बजारमा अलैचीको मूल्य रहन्छ। भारु रोकिएसँगै भारतीय व्यवापारीहरुको अन्यौलताको असर अलैंचीमा परेको हो । नेपाली अलैंची किसानहरुलाई सीधा असर परेको हो। अलैंचीको प्रतिमन (४०) केजी ५२ देखि ५५ हजार रुपैयाँसम्म कारोबार भइरहेको थियो।

यतिखेर अलैंची किनबेचको मूख्य सिजन हो। पूर्वको विभिन्न बजारमा संकलित अलैंची बिर्तामोड, धुलावारी, विराटनगर हुँदै भारतीय बजारमा पुग्छ। नेपाली अलैचीले भारतीय बजारमा निर्भर रहनुपर्छ । नेपाली अलैंची विश्वका विभिन्न बजारमा पुगे पनि भारतीय सिधै निर्यात गर्न नसक्दा यस्तो समस्या सिर्जना हुने गर्छ।
 

प्रकाशित: २४ कार्तिक २०७३ १२:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App