८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

‘ट्रम्प हाम्रो राष्ट्रपति होइन’ भन्दै अमेरिकामा प्रदर्शन (फाेटाेफिचर)

वासिंङ्टन–अमेरिकाको ४५ औं राष्ट्रपतिमा निर्वाचित डोनाल्ड  ट्रम्पविरुद्ध अमेरिकाका विभिन्न सहरमा पर्दशन भएको  छ। हजारौं अमेरिकी जनता अमेरिकाको विभिन्न सहरमा ट्रम्प विरुद्ध प्रर्दशनमा उत्रिएका हुन्।

उनीहरुले ट्रम्प अमेरिकी जनताको राष्ट्रपति नभएको र उनले जातिवादलाई प्रोत्साहान गरेको आरोप लगाएका छन्। अमेरिकी समाचार संस्था सिएनएनले न्युवोर्कस्थित ट्रम्प टावर अगाडि करिब ५ हजारको संख्यामा रहेका मानिसले ट्रम्पविरुद्ध नाराबाजी गरेको जनाएको छ। 

यसैबीच सान डियागो सहरमा ट्रम्पका समर्थक र प्रर्दशनकारीबीच झडप भएको बताइएको छ। स्थानीय प्रहरीले झडपका क्रममा केही घाइते भएको र हाल स्थिति नियन्त्रणमा  रहेको जनाएको छ।

प्रहरीले झडपका क्रममा केही मानिसलाई पक्राउसमेत गरिएको जनाएको छ। ट्रम्पले गत बुधबार सम्पन्न राष्ट्रपतीय निर्वाचनमा २ सय ८९ इलेक्ट्रोल भोट ल्याँउदै अमेरिकाको ४५ औं राष्ट्रपतिमा निर्वाचित भएका थिए। उनले २० जनवरीमा राष्ट्रपतिको रुपमा सपथ लिँदैछन् ।

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App