coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

ठक्करबाट दम्पतीको मृत्यु

उर्लाबारी (मोरङ)-मोरङको विराटनगर–५ खार्जी चोकमा आज दिउँसो बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक दम्पतीको मृत्यु भएको छ ।

इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको को १ ख ४३२६ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको को २५ प ३९३९ नम्बरको मोटरसाइकललाई मध्याह्न ठक्कर दिँदा मोरङ तेतरिया–३ का मोटरसाइकल चालक तुलाराम थारु र उनकी पत्नी सीताकुमारी चौधरीको मृत्यु भएको हो ।

 ठक्करबाट गम्भीर घाइते दुवैको उपचारका क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिए। रासस

प्रकाशित: १४ असार २०७३ १२:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App