१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

परीक्षण गरेकै दिन भत्कियो सिक्टा नहर

नेपालगन्ज-राष्ट्रिय गौरवको सिक्टा सिचाई आयोजनाको मुल नहर परीक्षण गरेकै दिन भत्किएको छ। दायाँ मुलनहर अन्तर्गत बाँके, महादेवपुरी–५ ढकेरीस्थित झिझरी खोला छेउको भाग मंगलबार भत्किएको हो। नहरको सो खण्डलाई एकवर्ष अघि कालिका कन्ट्रक्सन कम्पनीले निर्माण गरेको थियो। नहर भत्किएपछि त्यहाँको पानी झिझरी खोलामा बगेको छ । ढकेरी गाउँ नजिकै रहेको नहर भत्किएपछि स्थानीय बासिन्दा घर छाडेर बाहिर निस्केका थिए। उनीहरु अझैपनि त्रसित छन्।
    ढकेरीका स्थानीय बासिन्दा श्रीधर उपाध्यायले नहर फुटेपछि आफुहरु त्रसित भएको बताए। ‘गाउँ नजिकै फुटेको भए आज सिंगो गाउँ डुबानमा पथ्र्यो,’ उनले भने ‘ठेकेदारले गुणस्तरहिन काम गर्दा सिक्टा नहरको यो हालत भयो ।’ ठेकेदार र आयोजना कार्यालयको मिलेमतोमा भएको गुणस्तरहिन कामको छानविन गर्नुपर्ने स्थानीय बासिन्दाको माग छ।
कालिका कन्ट्रक्सन कम्पनीका प्रवन्धक युवराज क्षेत्रीले पानी परीक्षण गर्ने क्रममा ‘लिकेज’ हुदाँ नहर भत्किएको बताए । ‘नहरबाट पानी रसाएको देखेपछि एक्साभेटरले माटो थुन्न खोज्यौं, पानीको बहाब धेरै भएपछि त्यही ठाउँबाट भत्कियो,’ उनले भने।
सिक्टा सिचाई आयोजनाका इन्जिनियर एवम् सुचना अधिकारी प्रकाश कार्कीले नहर परीक्षण गर्ने क्रममा भत्किनु सामान्य कुरा भएको बताए । ‘निर्माणको कमि कमजोरीले होईन,’ ठेकेदारलाई बचाउ गर्दै उनले भने ‘तरपनि कसरी नहर भत्किन पुग्यो, यसको अध्ययन गरिरहेका छौ ।’ बाँकेको करिव ४२ हजार हेक्टर क्षेत्रफल सिचाई गर्ने लक्ष्य लिइएको सिचाईको पहिलो चरणमा निर्माण सुरु गरिएको दाया मुलनहरको ३२ किमी खण्ड निर्माण गर्ने जिम्मा कालिका कन्ट्रक्सनले पाएको छ।

 

प्रकाशित: १४ असार २०७३ १३:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App