७ वैशाख २०८१ शुक्रबार
प्रवास

९ सय भारतीयलाई पछि पार्दै सोनीको सुपर डान्सरमा नेपालकी दिया 'टप टेन'मा

युएई - भारतीय टिभी च्यानलले सोनीले दुबईमा आयोजना गरेको जिसिसी सुपर डान्सर प्रतियोगितामा भाग लिएकी नेपालकी बालिका दिया कुवर टप टेनमा पर्न सफल भएकी छन्। 

भक्तपुर दुवाकोट घर भएकी ११ वर्षीय बालिका दियाले ९ सय भारतीय प्रतिस्पर्धीलाई पछि पार्दै टप टेनमा पर्न सफल भएकी हुन्। 

क्तपुर दुवाकोट घर भएकी ११ वर्षीय बालिका दियाले ९ सय भारतीय प्रतिस्पर्धीलाई पछि पार्दै टप टेनमा पर्न सफल भएकी हुन्। 

युएईमै अध्यनरत दिया बाबा दिपक कुँवर र आमा पूजा कुवरसँगै ४ वर्षदेखि युएईमा बस्दै आएकी छन्। सानैदेखि दृत्य गर्न मन पराउने दिया युएईमा हुने नेपाली सांस्कृतिक कार्यक्रममा आफ्नो नृत्य कला प्रस्तुत गर्ने गर्छिन्।

उनलाई जिताउन युएईमा रहेका नेपालीहरुले एसडि स्पेस १९ (SD ~ 19 send SMS 4359) लेखी ४३५९ मा एसएमएस पठाउन दियाका बुबा दिपक कुवरले सबै नेपालीहरुमा आग्रह गरेका छन्। 

सयौं भारतीय प्रतियोगी मध्ये नेपालबाट भाग लिने दिया एक मात्र नेपाली हुन्। प्रतियोगिताको फाइनल आगामी नोभेम्बर १८ गते युएईमा हुनेछ।

 

प्रकाशित: २५ कार्तिक २०७३ १४:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App