८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

जब ओबामाले ट्रम्पलाई ह्वाइटहाउस बोलाए...

वासिङटन–अमेरिकी राष्ट्रपति बाराक ओबामाले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राष्ट्रपति भवन ह्वाइटहाउसमा अतिथी सत्कार गरेका छन्।
ह्वाइटहाउसमा करिब डेढ घण्टा भएको भेटवार्तापछि संचारकर्मींलाई प्रतिक्रिया दिँदै ओबामाले भने ‘म नवनिर्वाचित राष्ट्रपति ट्रम्पलाई सफल कार्यकालको लागि शुभकामना दिन चहान्छु, उनको सफलता नै अमेरिकको सफलता हो।’

उक्त भेटवार्तामा घरेलु तथा विदेशी मामिलामा छलफल भएको बताइएको छ। यता नवनिर्वाचित राष्ट्रपति ट्रम्पले राष्ट्रपति ओबामासँग भेट गर्न पाउनु आफ्नो लागि सम्मानको कुरा भएको बताएका छन्। ट्रम्पले भने ‘म अमेरिकाको हितको लागि राष्ट्रपति ओबामासँग मिलेर काम गर्न चहान्छु, मलाई भविष्यमा उनको साथ र सल्लाहा चाहिन्छ, मलाई आशा छ आगामी दिनमा पनि हामीबीच भेटवार्ता हुनेछ।’

राष्ट्रपतिको निर्वाचन अघि प्रचार प्रसारका क्रममा ट्रम्पले ओबामा अमेरिकी नागरिक नभएको र उनले ल्याएका निती गलत भएको आरोप लगाउदै आफू राष्ट्रपतिमा निर्वाचित भएपछि सबै निती खारेज गरिदिने बताएका थिए

प्रकाशित: २६ कार्तिक २०७३ ०७:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App