coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

चार पुरुषार्थको पुनः प्राणप्रतिष्ठा

स्वामी आनन्द अरुण

हिन्दु दर्शनले मनुष्यको आकांक्षा र अभीप्सालाई वैज्ञानिक ढंगले विश्लेषण गरेको छ। यी नैसर्गिक र समग्र आकांक्षालाई हामीले पुरुषार्थ भनेका छौं। मानव जीवनका यस्ता चार पुरुषार्थ छन्– अर्थ, काम, धर्म र मोक्ष। यसमा प्रथम दुई पुरुषार्थ अर्थ र कामले मनुष्यको आधारभूत आवश्यकतालाई सम्बोधन गर्छन्। पहिलो आवश्यकता हो– भोजन। भोजनबिना जीवन चल्न सक्दैन। गा“स, बास र कपास जीवनको संरक्षणका लागि आवश्यक छ तर यो मौलिक आवश्यकता पूरा हुनासाथै अर्को प्रवल इच्छाको जन्म हुन्छ। त्यो हो– काम या यौनेच्छा। काम इच्छा नभए त्यो प्रजाति सिद्धिएर जान्छ। सन्ततिलाई चलाइराख्ने एक प्राकृतिक आवश्यकता र व्यवस्था हो– यौन। यौनेच्छा र विषयभोग जीवनका मौलिक आवश्यकता हुन्। पञ्चतŒव– पृथ्वी, जल अग्नि, वायु र आकाशबाट बनेको यो शरीर आफ्नो सन्ततिलाई निरन्तरता दिँदै प्रजनन् गर्न चाहन्छ। यसको प्राकृतिक र सहज अभिव्यक्ति काम हो।

भोजन र यौनको प्राथमिक इच्छा पूरा हुनासाथै मनमा अनन्त इच्छा जन्म हुन्छन्। शरीरजस्तै मन सरल छैन, यो जटिल छ। मनका असिम र अनियन्त्रित इच्छालाई पूर्णतः तृप्त गर्ने कुनै उपाय छैन। मनका इच्छा पूरा भएनन् भने पनि मनमा विशाद र अतृप्ति हुन्छ। यो अतृप्तिलाई भौतिक प्रयासबाट मात्र शान्त गर्न सकिँदैन। त्यही शान्तिको खोजमा धर्मको जन्म हुन्छ। धर्म हाम्रो आत्माको अभिप्सा हो। धर्मबिना जतिसुकै भौतिक सुख सम्पदा जम्मा भए पनि आत्मा तृप्त हुन सक्दैन, आत्माको अभिप्सा अझ प्रबल भएर देख्न थालिन्छ। त्यसकारण आज जुन व्यक्ति र जुन राष्ट्र जति सम्पन्न छन्, त्यसमा त्यति नै अशान्ति, अतृप्ति र द्वन्द्व देख्छौं। यही शान्ति र तृप्तिको खोजमा धर्मको जन्म भयो। धर्म हो आत्माको आवश्यकता।

जीवन के हो? जीवनको प्रारम्भ कहा“ छ? र, शरीरको मृत्युपश्चात हामी कहा“ जान्छौंं? यस्ता प्रश्न संवेदनशील व्यक्तिमा उठ्नु स्वाभाविक हो। जीवनको सबै सुख, सुविधा र वैभवमा बसेर पनि मनमा एक खिन्नता र उदासी मानिसमा पैदा हुन्छ। यही अतृप्तिले बुद्ध र महावीरजस्ता संवेदनशील व्यक्तिलाई दरबार छाड्न बाध्य पार्छ। हाम्रो चित्तमा अनन्त प्रश्नहरुको जन्म हुन्छ। त्यसको कुनै उत्तर बाहिर भेटिँदैन। यही उत्तरको खोजमा असार जीवनका सबै सुख, सुविधा छाडेर पनि बुद्ध र महावीरजस्ता खोजी जंगल/जंगल भौँतारिनुभयो। आज पश्चिमका सम्पन्न राष्ट्रका संवेदनशील व्यक्ति यसरी नै भौंतारिइरहेको देख्छु म। उनीहरुका भोजन र यौनको मौलिक आवश्यकता पूरा भइसके। अब प्रेम र स्वतन्त्रताको अभिप्सा जन्मिएको छ। शारीरिक सहवासमा सुख त छ तर संवेदनशील मन यही सुखबाट मात्र तृप्त हुन सक्दैन। उसलाई चाहिन्छ– असिम आनन्द र सीमाविहीन स्वतन्त्रता। यही स्वतन्त्रताको प्यासले मोक्ष या मुक्तिको कामना जन्मन्छ।

मोक्ष या मुक्ति पूर्वीय धर्महरुको अन्तिम लक्ष्य हो। यस चिन्तनाको अन्तिम लक्ष्यसम्म पुग्ने मार्ग धर्म नै हो। पश्चिममा पैदा भएका सबै धर्म सुख/सुविधामै गएर सकिन्छन्। भारतीय उपमहाद्वीपभन्दा बाहिर पैदा भएका सबै धर्मको अन्तिम लक्ष्य स्वर्ग हो। स्वर्ग या नि भौतिक सुखको प्रचुरता र असिम सुख/सुविधा। भारतीय उपमहाद्वीपमा जन्मेका हिन्दु, बौद्ध, जैन र सिख धर्मले सुख र सुविधाको पनि सीमा देखे। हरेक सुख र सुविधाले एक दिन दिक्क लगाउँछ। र, त्यसबाट पनि मुक्तिको आवश्यकता जन्मन्छ। त्यसकारण मोक्ष या निर्वाणको संस्कृति हामीकहा“ पैदा भयो।  तर मोक्ष र निर्वाणको दर्शनले काम र अर्थलाई त्यति महत्व दिएन। 'ब्रह्म सत्य जगत मिथ्या' जस्तो त्यागवादी दर्शन पूर्वमा फैलियो। बुद्ध र महावीरले पनि आफ्नो पूरा दर्शन मोक्ष र निर्वाणमै केन्द्रित गरे। त्यसकारण पूर्वमा उच्चकोटिको धर्म त राम्रोस“ग मौलायो तर भौतिक सम्पन्नता बिस्तारै हराउ“दै गयो। सनातन धर्मले एक सम्यक र समग्र संस्कृति पैदा गर्न खोजेको थियो जसमा अर्थ र कामको त्यत्तिकै समादर थियो जति धर्म र मोक्षको।

पछि आएका धर्महरुले के देखे भने कामिनी र काञ्चनमा इन्द्रीय सुख त छ तर क्षणिक। यसले अनेक प्रकारका समस्या र बन्धन खडा गर्छ र अन्ततः विशादमा लगेर टुंग्याउँछ। कामिनी र काञ्चन जति भोगे पनि यसबाट शान्ति र आनन्द प्राप्ति हु“दैन। यस दृष्टिले भौतिक सुविधाबाट पलायन गर्ने दर्शनको जन्म भयो। र, भौतिक रूपले भारतीय उपमहाद्वीप गरिब, दरिद्र र कमजोर हु“दै गयो। भौतिकवादमा विश्वास गर्ने पश्चिमी समाजले यसको लाभ उठायो। पूर्व यति लाचार हुन पुग्यो कि पश्चिमबाट सानो संख्यामा आएका लुटेरा र आक्रमणकारीलाई झेल्ने र प्रतिरोध गर्ने शक्ति पूरै गुमायो। त्यसकारण हजारौं वर्षसम्मको गुलामी झेल्नुपर्‍यो। केही खुंखार लुटेराहरुले हिन्दु, बौद्ध, सिख र जैनीहरुका मन्दिर, आश्रम लुटे, भत्काए, जलाए। करोडौंको संख्यामा भएका स्थानीयले त्यो आक्रमणको मुकाबिला गर्न सकेनन्। त्यसकारण पूर्वको भौतिक र धार्मिक दुइटै मौलिकता बिस्तारै हराउ“दै गए।

यो पृष्ठमूमिमा ओशो पहिलो दार्शनिक हुनुहुन्छ जसले यो विसंगतिको दुष्परिणाम राम्रोस“ग देख्नुभयो, विश्लेषण गर्नुभयो र त्यसको समाधानका लागि नया“ दर्शन पैदा गर्नुभयो। ओशोले काम र अर्थको उपादेय नडराई खुलेर समर्थन गर्नुभएको छ। उहा“ले भन्नुभयो– 'यो मनुष्यको मौलिक आवश्यकता हो। अर्थ र कामबाट तृप्त नभएको व्यक्तिको धर्म नपुंसक हुन्छ, र त्यसले कहिल्यै मोक्ष प्राप्त गर्न सक्दैन।' अर्थ र कामप्रति उहा“को यो प्रवल तर्क देखेर सतही दृष्टि भएका व्यक्तिहरुले उहा“लाई भौतिकवादी र भोगवादी दार्शनिकको बिल्ला भिडाए। ओशोले अर्थ र कामको आवश्यकतालाई धर्म र मोक्षकै जति महत्व मात्रै दिनुभएन, यसलाई अझ प्राथमिक आवश्यकता मान्नुभयो। र, उहा“ले भन्नुभयो– 'गरिब व्यक्ति अपवादस्वरूप एक/दुई जना धार्मिक हुन सक्लान् तर गरिब समाज अधार्मिकै रहन्छ। त्यसकारण उहा“ले समाज धार्मिक बनाउन भन्दा पहिला समृद्ध बनाउने आवश्यकता औलाउनुभयो।' र, त्यो समृद्धिको निर्माणमा विज्ञान र प्रविधिको पक्षमा उहा“ले जोडदार वकालत गर्नुभयो।

उहा“ले भन्नुभयो– 'पूर्वलाई अहिले धर्मभन्दा पनि उद्योग र विज्ञानको विकासको आवश्यकता छ। मन्दिरभन्दा कलकारखाना, ठूला फराकिला सडक र सुविधापूर्ण आवास बनाउन जरुरी छ।' कामको दमनबाट पैदा हुने विक्षिप्त कामुकता र पाखण्डप्रति उहा“ले समाजलाई निरन्तर सजग गर्ने कोसिस गर्नुभयो। यसबाट उहा“ले धेरै आलोचक, विरोधी र सत्रु पनि कमाउनुभयो। उहा“का यस्ता क्रान्तिकारी आग्नेय विचार पूर्वका लागि अति नया“ थिए। त्यसकारण उहा“लाई पूर्वाग्रही र जडवादीको भयंकर विरोधको जीवनपर्यन्त सामना गर्नुपर्‍यो। आज २१औं शताब्दीमा पनि केही व्यक्ति सयकडौँ वर्ष पुरानो मनस्थितिमा बाँचिरहेका छन्। तर समय बिस्तारै परिवर्तन भइरहेको छ। आज यो विरोध मत्थर, अर्थहीन र असान्दर्भिक हु“दै गइरहेको छ। हाम्रा पुर्खाको दृष्टि वैज्ञानिक थियो। जीवनका भौतिक पक्षको विकासको पनि प्रखर वकालत उनीहरुले गरेका थिए। र, धर्म र मोक्षभन्दा पहिला अर्थ र कामलाई प्राथमिक पुरुषार्थ मानेका थिए।

आज पूर्व र पश्चिम दुवै एकांकी संस्कृतिबाट आक्रान्त र पीडित छन्। पश्चिमी धर्ममा मोक्ष या परम स्वतन्त्रताको परिकल्पना छैन। धर्म गरेपछि स्वर्ग पाइन्छ र स्वर्गमा अनन्त सुख/सुविधा भोग्न सकिन्छ भन्ने परिकल्पनाले पश्चिममा एक भोगवादी संस्कृति जन्म भएको छ। र, यो संस्कृतिले पश्चिमलाई सम्पन्न र सुविधाजनक पनि बनाएको छ। त्यो सुख र सुविधा भोगका लागि पूर्वीय मानिस पश्चिमी राष्ट्रमा आफ्नो घरपरिवार, धर्म–संस्कृति छाडेर ज्यानको बाजी लगाएर पनि छिर्न तयार छन्। हाम्रो दर्शनले हामीलाई यति दरिद्र र विपन्न बनायो कि आज पश्चिमी राष्ट्रले दुईचार दिनका लागि पनि ग्रिनकार्ड र पिआर खुला गरिदिए भने सबै एकसे एक तथाकथित राष्ट्रवादी र पूर्वीय सनातन धर्मको वकालत गर्ने धर्मगुरु त्यो लिन रातभर लाइन लाग्न पनि तयार हुन्छन्। तीन महिना लगाएर २२ देश पार गरेर इन्तु न चिन्तु भई मृत्यको नांगो नाच पार गर्दै अमेरिका छिर्न पुगेका मानिसको कारुणिक कथास“ग हामी परिचित नै छौं। यो सबै हामीले भौतिकवादलाई नकारेको परिणाम हो। हुन त पश्चिमी संस्कृतिको पनि आफ्नै जटिल समस्या छन्। उनीहरु पनि अति भौतिकवादी जीवन दर्शनबाट त्यत्तिकै आजित र आक्रान्त छन्। अमेरिकामा ५० प्रतिशत व्यक्ति औषधिको सहयोगबिना राम्रो सुत्न पनि सक्दैनन्। चिन्ता र अवसाद पूरै पश्चिमी जगतमा महामारीका रूपमा फैलिँदै छ। भौतिकताबाट पीडित पश्चिम आज एक आशाको दृष्टिले पूर्वतिर हेरिरहेको छ।

आज नेपालले उनीहरुलाई लामो बस्ने सुविधा दियो भने मैले चिनेका हजारौं सम्पन्न विदेशी आफ्नो सम्पूर्ण भौतिक सम्पत्ति लिएर शान्त र प्राकृतिक स्थलमा नेपालमै आएर बस्न र साधना गर्न लालयित छन्। यो एकांकी संस्कृतिबाट पूर्व र पश्चिम दुवै त्यत्तिकै दुःखी र पीडित छन्।

ओशोले एक समग्र जीवन दृष्टि दिनुभयो। हामीले ओशोलाई पढ्यौं र बु‰ने प्रयास गर्‍यौँ भने हामी भौतिक रूपले सम्पन्न हुन सक्छौं र हाम्रो आन्तरिक जीवन पनि आनन्द र शान्तिले परिपूर्ण हुनसक्छ। यही पूर्ण संस्कृतिको जग बसाउन हामीले नेपालमा ओशो तपोवन स्थापना गरेका हौं र यही संस्कृति फैलाउन नेपालभित्र र विश्वभर यसका २ सय शाखा/प्रशाखा खोलिसकेका छौं। अर्थ, काम, धर्म र मोक्ष हाम्रो सनातन दर्शनका आधार स्तम्भ हुन्। यही संस्कृतिलाई युगसुहाउँदो व्याख्या गरी पुनर्प्राणप्रतिष्ठा गर्ने सद्गुरुको नाम नै ओशो हो।

प्रकाशित: २७ कार्तिक २०७३ ०२:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App